काठमाडौं, बुधबार, ७ जेठ २०७७ । नेपालमा कोरोना संक्रमित संख्या ४ सय २७ पुगेको छ । नेपालमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा विभिन्न जिल्लामा गरी कोरोना संक्रमित थपिएको जानकारी दिइएको हो ।

आज थप भएका २५ जनामध्ये १८ जना पुरुष र ७ जना महिला छन् । यससहित नेपालमा संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । कुल संक्रमित मध्ये ३ सय ५८ पुरुष र ६९ जना महिला छन् ।

नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ भने ४५ जना उपचारपछि निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here