काठमाडौं, बिहिबार, २९ साउन २०७७ । कोरोना भाइरसका कारण बिहीबार थप ५ सय २५ सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हो । यससँगै कुल सङ्क्रमित २४ हजार ९ सय ५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नौ हजार ८ सय ५९ जनाको पीसीआर परीक्षणमा सो सङ्ख्या थपिएको हो ।

सक्रिय सङ्क्रमित ८ हजार २५ जना रहेका छन् भने क्वारेन्टिनमा १४ हजार ७ सय ६९ र होम क्वारेन्टिनमा ४ सय ६६ जना रहेका छन् । ५ सयभन्दा बढी सङ्क्रमित भएर उपचारमा रहेका जिल्लाहरू ४ वटा रहेका छन् । काठमाडौँ, पर्सा, रौतहट र महोत्तरी रहेका छन् ।

त्यसैगरी, शून्य सङ्क्रमित हुने छ वटा जिल्लाहरू रहेका छन् । सङ्खुवासभा, सोलुखम्बु, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् ।

साथै, बिहीबार एक सय नौ जना उपचारपछि घर फर्केका छन् । यसरी अस्पतालबाट उपचारपछि डिस्चार्ज हुनेको सङ्ख्या १६ हजार ८ सय ३७ पुगेको छ । सङ्क्रमित भएर मृत्यु हुने ९५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here