Sunday, March 7, 2021
More

    नेपालमा थाई पर्यटकको आगमन बढाउन सकिने बिचार व्यक्त

    काठमाडौँ, शुक्रबार, ३० माघ २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाईल्याण्डका महामहिम राजदुत भोषित भोरासाफले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ ।

    भेटमा प्रधानमन्त्री र महामहिम राजदुतबीच दुई मुलुकबीच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउन विविध विषयमा वार्ता भएको थियो ।

    भेटमा सम्माननीय प्रधानमन्त्रीले राजदुत भोरासाफको सफल कार्यकालका लगि शुभेच्छा व्यक्त गर्दै यसै अवधिमा दुई देशबीच सम्बन्धका नयाँ आयामहरु पहिल्याउन सकिने विश्वाससमेत व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले दुई मुलुकबीच बौद्ध धर्ममार्फत जोडिएका साँस्कृतिक एवं जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन दुवैतर्फ रहेका बौद्ध तिर्थस्थलमा पर्यटक आवागमनलाई बढावा दिइनुपर्ने धारणासमेत राख्नु भयो ।

    साथै, प्रधानमन्त्रीले दुई देशबीच कुटनीतिक सम्बन्ध ६२ वर्षअघि स्थापना भए पनि यि दुईको सम्बन्ध भने त्यसभन्दा धेरै लामो रहेको समेत उल्लेख गनुभयो । यस सम्बन्धलाई थप उचाई दिन नयाँ सम्भावनाहरु पहिल्याउनु पर्र्ने धारणासमेत उहाँले राख्नुभयो ।

    भेटका क्रममा महामहिम राजदुत भोरासाफले थाइल्याण्ड र नेपालको भैरहवा विमानस्थलबीच सिधा हवाई सम्बन्ध जा्ेड्न सकिए नेपालमा थाई पर्यटकको आगमन बढाउन सकिने बिचार व्यक्त गर्नुभयो ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here