काठमाडौं, सोमबार, ५ माघ २०७७ । नेपालमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो । संक्रमित हुनेमा २८ वर्षीया महिला र ६७ र ३२ वर्षीय २ पुरुष रहेका छन् ।
उनीहरुको स्वाब जिन सिक्वेन्सिङका लागि गत पुस २७ गते हङकङ पठाइएको थियो ।
विज्ञप्ति
