Friday, January 22, 2021
More

    नेपालमा नयाँ भाइरसको त्रास, बेलायतबाट फर्किएका १ सय ९३ जना निगरानीमा

    काठमाडौं, सोमबार, १३ पुस २०७७ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को नयाँ प्रजाति (भेरियन्ट) को उद्गमस्थल बेलायतबाट आएका १ सय ९३ जनालाई निगरानीमा राखेको छ । ती मध्ये पाँचजनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए पिसिआर परीक्षण गरेर उपचार गरिने जानकारी दिनुभयो ।

    महाशाखाले आज मात्र तीमध्ये १२ जनाको पिसिआर परीक्षण गरेको छ । मन्त्रालयले यसअघि नै सूचना जारी गरी यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबैका अनिवार्य रुपमा १० दिन होटल क्वारेन्टिनमा बस्न अनुरोध गरेको थियो ।

    मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारी कोभिड-१९ को विकसित रुप नै नयाँ प्रजातिको भाइरस रहेको बताउनु भयो । “ भाइरस परिवर्तन हुन्छन् । त्यस्तै कोभिड-१९ भाइरस परिवर्तन भएर नयाँ भाइरस बनेको हो”, उहाले भन्नुभयो, “कोभिड-१९ जस्तै यसको लक्षण हुन्छ । यसको सर्ने क्षमता भने अलि बढी नै छ । थप अध्ययन हुन बाँकी छ ।” उहाले कोभिड-१९ जस्तै यसले पनि फोक्सोमा असर गर्ने बताउनुभयो । उहाले बेलायत, अमेरिका र अफ्रिकाबाट आएका मानिसको पिसिआर परीक्षण र क्वारेन्टिनमा राखिएको जानकारी दिनुभयो ।

    महाशाखाका निर्देशक डा. पाण्डेले पिसिआर परीक्षणबाट नै नयाँ प्रजातिको भाइरस पत्ता लगाउन समस्या भइरहेकाले पुनःपरीक्षणका लागि बाहिर पठाउने तयारी पनि भइरहेको जानकारी दिनुभयो ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले नयाँ प्रजातिको भाइरसका बिरामी कोभिड-१९ जस्तै रहेको र यसले सङ्क्रमण सार्ने दर बढिरहेको जानकारी दिनुभयो । उहाका अनुसार ती सङ्क्रमितको उपचार पनि कोभिड-१९ का बिरामी जस्तै गरिन्छ ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here