Sunday, February 28, 2021
More

    नेपालमा विवादित बनेको एमसीसी श्रीलंकाबाट फिर्ता

    काठमाडौं, बिहिबार, २ पौष २०७७ । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) श्रीलंकाबाट फिर्ता भएको छ । डिसेम्बर १५ वासिङ्टनमा बसेको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले श्रीलंकासँगको प्रस्तावित सम्झौतालाई फिर्ता लिने निर्णय गरेको हो ।

    ४८ करोड अमेरिकी डलर अनुमान दिने एमसीसी परियोजना श्रीलंकामा लामो समय विवादमा होमिएको थियो । जुन रकम यातायात पूर्वाधार स्तरोन्नति र भूमी सुधारमा खर्चिने बताइएको थियो ।

    श्रीलंकामा सो परियोजना सन् २०१६ मा छनोट भएको थियो तर अघि बढ्न सकेको थिएन। अघिल्लो श्रीलंकाली सरकार एमसीसी परियोजनाको पक्षमा थियो । तर, सन् २०१९ मा सत्तामा पुगेका गोताबाया राजापाक्षे विपक्षमा उभिए ।

    त्यसबीचमा विभिन्न राजनीतिक दाउपेचको कारण परियोजना अघि बढ्न सकेको थिएन । राजापाक्षे सत्तामा आएपछि परियोजनाबारे पनि विभिन्न तरिकाले विश्लेषण हुन थाल्यो । अन्त्यमा त्यस विषयमा विस्तृत अध्ययन गर्न उनले स्वतन्त्र कार्यदल बनाए ।

    कार्यदलले गत जनवरीमा सम्झौता अस्वीकार गर्न सिफारिस गर्यो। त्यसैलाई मान्दै सरकारले सम्झौतामा हस्ताक्षर गरेको थिएन। त्यहाँका एमसीसी विरोधी वर्गले श्रीलंकाको सार्वभौमिकतामाथि प्रहार हुने तर्क थियो ।

    अक्टोबर अन्तिम साता अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले श्रीलंका भ्रमण गर्दा एमसिसीबारे श्रीलंकाली अधिकारीसँग छलफल गरेका थिए । अन्तत बोर्ड अफ डाइरेक्टर्सले श्रीलंकाबाट परियोजना फिर्ता गर्ने निर्णय गरेको हो ।

    नेपालमा पनि एमसीसीबारे लामो समयदेखि विवाद भैरहेको छ । अहिले सो परियोजना संसदमा विचाराधिन छ ।

    सो परियोजनाका अनुसार नेपालमा झन्डै ६० अर्ब रुपैयाँ अनुदान दिने उल्लेख छ। अधिकांश अनुदान अर्थात् झन्डै ४५ अर्ब रुपैयाँ विद्युत्‌को अन्तरदेशीय प्रसारण लाइन निर्माणमा खर्च हुनेछ। बाँकी रकम सडक मर्मत र अन्य विषयमा खर्च हुनेछ।

    वि सं २०७४ सालको भदौ २९ गते वाशिङ्गटनमा एमसीसी सम्झौतामा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका थिए ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here