काठमाडौं, आइतबार, ७ भाद्र २०७७ । पछिल्लो २४ घण्टामा देशभर थप ८ सय १८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८ हजार २६ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ८ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा १ सय २६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा ८ सय १८ जनामा संक्रमण देखिएको बताउनुभयो । यससंगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ । उहाँले हाल आइसीयूमा १ सय ४७ जना रहेको बताउनुभयो ।

आज देशभर सक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ रहेको छ । आइतबार देशभरबाट २ सय ८१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यससहित डिस्चार्ज हुनेको कुल संख्या १८ हजार ६ सय ३१ पुगेको छ । यो दर ५८ प्रतिशत हो । देशभरका क्वारेन्टाइनमा ११ हजार ४ सय १४ जना रहेका छन् ।

त्यसैगरी, होम आइसोलेसनमा बस्नुभएको संख्या ३ हजार ९ सय ४३ रहेको छ । संस्थागत आसोलेशनमा ९ हजार २ सय १२ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here