February 24, 2024
मनोरञ्जन

नेपाली चलचित्र ‘राजमहल’ को निर्माण घोषणा

काठमाडौँ, शनिबार, ६ पौष २०८० । दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’को निर्माण घोषणा गरिएको छ । सविनकुमार तोलांगीको डेब्यु निर्देशन रहने चलचित्रमा आँचल शर्मा, रमेश उप्रेती र सलोन बस्नेत मुख्य भूमिकामा देखिनुहुनेछ । चलचित्रमा सरोज खनाल, मिथिला शर्मा, अर्जुन श्रेष्ठलगायत कलाकारको पनि अभिनय रहनेछ ।

सिम्रन पन्त र मिस पविले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्दै हुनुहुन्छ । चलचित्रको माघ पहिलो सातादेखि अष्ट्रेलियाबाट छायांकन सुरु हुने निर्माण पक्षले जनाएको छ । न्युजिल्याण्डमा पनि छायांकन हुनेछ । ७० प्रतिशत छायांकन नेपालमा हुनेछ ।

निर्देशकसमेत रहनुभएका ऋषि लामिछाने कार्यकारी निर्माता रहेको राजमहलका मुख्य निर्माता शोभा श्रेष्ठ र यशबहादुर गुरुङ हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *