February 24, 2024
मनोरञ्जन

नेपाली फिल्म ‘गोर्खा वारियर’को टिजर सार्वजनिक

काठमाडौँ, शनिबार, १३ माघ २०८० । चलचित्र ‘गोर्खा वारियर’को टेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौँमा एक कार्यक्रमबिच ट्रेलर सार्वजनिक भएको हो ।

गोर्खा सैनिकको इतिहास बोकेको फिल्म बेलायतमा प्रिमियर हुने भएको छ। सफल निर्देशक मिलन चाम्सद्वारा निर्देशित चलचित्र गोर्खा वारियर नेपालीसहित हिन्दी र अङ्ग्रेजी भाषामा पनि प्रदर्शन हुने छ ।

टेलर हेर्दा हलिउडलाई टक्कर दिने खालको निर्माण भएको फिल्ममा सन् १९४९ मा ‘मलाय इमर्जेन्सी जङ्गल वार’ मा गोर्खाली सैनिकको साहसिक युद्धकथालाई प्रस्तुत गरिएको छ । यो फिल्म वास्तविक घटनामा आधारित रहेको बताइएको छ । नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा निर्माण गरिएको फिल्ममा रितेश चाम्स, विजय लामा, रेबिका गुरुङ, सारा राई, रियर राई, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, सुमीन गुरुङ, भुवन सिंह राईलगायत कलाकारको अभिनय छ ।

चलचित्र फागुन ११ गतेबाट देशभर प्रदर्शनमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *