Monday, March 1, 2021
More

    नेपाली सेनाको पृथ्वीनारायण शाह हिँडेको बाटो भएर गोरखादेखि काठमाडौंसम्म पदयात्रा आजदेखि शुरु

    काठमाडौं, २१ पुस २०७७ । नेपाली सेनाले गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो भएर गोरखादेखि काठमाडौंसम्म पदयात्रा आजदेखि शुरु गरेको छ । पृथ्वी जयन्तीको अवसरमा सेनाले आजबाट पदयात्रा सुरू गरेको सेनाको टोली पुस २७ गते काठमाडौं आइपुग्नेछन् ।

    पदयात्रामा सहभागी सेनाको टोली आज घाटवेशीमा बास बस्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

    सेनाले पदयात्रामा पृथ्वीनारायण शाहको पालामा स्थापना भएका गणहरू श्रीनाथ कालिबक्स, पुरानो गोरख, बर्दबाणी र सवुजको झण्डा, राष्ट्रिय झण्डा तथा टर्चसहित सेनाहरू सहभागी भएका छन् । सेनाको गोरखास्थित उक्त टोलीले धादिङ सल्यानटारका सेनाको टोलीलाई झण्डा र टर्च हस्तान्तरण गर्ने कार्यक्रम छ ।

    सहभागीहरु पुस २६ गते काठमाडौं पुग्नेछन् र २७ गते हनुमान ढोकामा आयोजित राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको कार्यक्रममा सहभागी हुनेछन्।  सेनाले यो पदयात्रा गत वर्षदेखि शुरु गरेको हो ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here