Friday, February 26, 2021
More

    नेपाली सेनाद्वारा नुवाकोट र लमजुङमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौँ, सोमबार, ३ फागुन २०७७ । नेपाली सेनाद्वारा नुवाकोट र लमजुङमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले श्री जबरजंग गण र जिल्ला अस्पताल त्रिशुलीको सहकार्यमा नुवाकोट जिल्ला, किस्पाङ्ग गाउँपालिका वडा नं ३ स्थित काउले स्वास्थ्य चौकी परिसरमा स्थानिय बासीहरुलाई लक्षित गरि दुईदिने नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।

    श्री जबर जंग गणका गणपति, किस्पाङ्ग गाउँपालिका प्रमुख छत्र बहादुर लामा तथा पत्रकारहरुको उपस्थिति रहेको उक्त शिविरमा जिल्ला अस्पताल त्रिशुलीका हाडजोर्नी, प्रसुती तथा स्त्री रोग लगायतका ४ जना विशेषज्ञ डक्टरहरु एवं नेपाली सेनाका २ जना डक्टरहरुको टिमले संयुक्त रुपमा स्थानियबासीहरुको स्वास्थ्य परीक्षण गरेको थियो । उक्त स्वास्थ्य शिविरबाट पुरुष १ सय ४४ जना र महिला ३ सय २९ जना र बालबालिका २६ जना गरी जम्मा ४ सय ९९ जना सर्वसाधारणहरु लाभान्वित भएका थिए ।

    साथै, नि:शुल्क स्वास्थ्य शिविर अन्तर्गत श्री श्रीजंग गण र जिल्ला अस्पताल बेशीशहरको सहकार्यमा लमजुङ जिल्ला दोर्दी गाउँपालिका वडा नं. ८, बन्सारस्थित फलेनी मा.वि. को प्राङ्गणमा जिल्ला अस्पताल बेशीशहरका २ जना डक्टर र नेपाली सेनाका २ जना डक्टर सहित १४ जनाको मेडिकल टिमले १ दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । उक्त स्वास्थ्य शिविरमा जनरल चेक अप, फिजियोथेरापी, आँखा, दात, ल्याब टेष्ट (Sugar and HIV), भ्यासेक्टोमी सेवा प्रदान गरिनुका साथै ४२ प्रकारका नि:शुल्क औषधि वितरण गरिएको थियो ।

    उक्त शिविरबाट ४ सय ८६ जना स्थानीय व्यक्तिहरु लाभान्वित भएका थिए । सोही कार्यक्रमको दौरान उक्त गणले फलेनी मा.वि. लाई खेलकुदका सामग्रीहरु समेत वितरण गरेको थियो ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here