May 18, 2024
प्रदेश विशेष

नेपाली सेनाले गोरखाबाट काठमाडौँसम्म पदयात्रा गर्ने

पोखरा, शुक्रबार, २० पौष २०८० । नेपाली सेनाले गोरखादेखि काठमाडौँसम्म पदयात्रा गर्ने भएको छ । पुस २१ गतेदेखि रिपुमर्दन गणले गोरखा–काठमाडौँ पदयात्रा गर्न लागेको हो ।

अघिल्ला वर्षहरुमा पनि पदयात्रा गर्ने गरिएको थियो । नेपाल एकीकरणको क्रममा प्रयोग भएको गोरखादेखि काठमाडौँसम्मको बाटोमा यात्रा गर्न लागिएको निमित्त गणपति भुवनबहादुर थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकृतको कमान्डमा ३० जनाको टोली पदयात्रामा सहभागी हुनेछन् । पुस २७ गते ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पदयात्रा गर्न लागिएको हो ।

यात्रामा टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्द बहादुर गण र सबुज गणको झन्डा लिएर सेनाको फौज सहभागी हुनेछ । गोरखा दरबारबाट सुरु हुने यात्रा ताप्ले, अश्राङ, बोर्लाङ, घाटवेशी पुग्नेछ ।

उक्त टोलीले टर्च र झन्डा धादिङलाई हस्तान्तरण गर्नेछ भने त्यसपछि धादिङले नुवाकोट र नुवाकोटले २६ गते बेलुका काठमाडौँको टोलीलाई बुझाउने छ ।

टोली पुस २७ गते राष्टिूय एकता दिवसको अवसरमा हुने कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ । एकीकरण मार्गको संरक्षण र प्रबद्र्धनका लागि २०७६ सालदेखि नेपाली सेनाले पदयात्रा गर्न थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *