काठमाडौं, आइतबार, ४ साउन २०७७ । नेपाल टेलिकमले मुलुकको संघीय संरचना अनुसार कम्पनीको संरचना परिवर्तन गर्ने काम सुरु गरेको छ । कम्पनीले मुलुकको संघीय संरचना बमोजिम कामकाज गर्न सहज हुनेगरी प्रदेशहरुमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय खोलेको हो ।

नेपाल टेलिकमले प्रदेश नं १ को प्रादेशिक निर्देशनालय, प्रदेश नं. २ को वीरगञ्जमा, वागमती प्रदेशको काठमाडौंमा, गण्डकी प्रदेशको पोखरामा, प्रदेश नं. ५ को भैरहवामा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको अत्तरियामा स्थापना गर्ने निर्णय गरिसकेको छ । जसअनुसार आइतबार साविक पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय अन्तर्गत रहेको नेपाल टेलिकमको पोखरास्थित कार्यालयलाई संघीय संरचना अनुसार नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा, गण्डकी प्रदेशमा रुपान्तरण गरिएको छ ।

साविक नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय र हाल नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवा, प्रदेश नम्बर ५ का निर्देशक सूर्यनारायण मालाकारले नयाँ प्रादेशिक निर्देशनालयका रुपमा प्रादेशिक निर्देशनालय, पोखरा गण्डकी प्रदेशको शुभारम्भ गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here