आइपीएम फ्लोअप

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिद्वारा वरिष्ठ पत्रकार केदारमान सिंह श्रेष्ठको निधनप्रति दु:ख ब्यक्त

काठमाडौँ, बिहीबार, ६ असोज २०७९ । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले वरिष्ठ पत्रकार केदारमान सिंह श्रेष्ठको निधनप्रति दु:ख ब्यक्त गरेको छ । आज एक शोक बिज्ञप्ति जारी गदै प्रतिष्ठान प्रदेश समितिले वरिष्ठ पत्रकार केदारमान सिंह श्रेष्ठको निधनले नेपाली पत्रकारीतामा अपुरणीय क्षति भएको बताएको हो । यस दु:खद घडीमा दिवंगत पत्रकार सिंहको मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति गहिरो समबेदना प्रकट गरेको छ ।

लामो समयदेखि मुटु रोगबाट पीडित सिंहको ८१ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।

सिंहले फ्रान्सेली समाचार एजेञ्सी ए.एफ.पी. मा ४० वर्ष र बीबीसीमा २० वर्ष नेपाल प्रतिनिधि भएर काम गर्नुभएको थियो ।

वि सं २०४६ सालको जनआन्दोलनका क्रममा सिंहले बीबीसीमा पठाउने समाचार आन्दोलनकाकारीका लागि घटनाको विश्वासिलो स्रोत हुने गर्दथ्यो । काठमाडौँ २१ भोटेबहाल निवासी मृतक पत्रकारको धर्मपत्नी, एक छोरा र एक छोरी हुनुहुन्छ ।

सिंहको पार्थिव शरीरको बुधबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

Leave a Reply

Your email address will not be published.