मुगु, अभिशेक ओझा, २०७६ साल कात्तिक २१ गते बुधबार । समुन्द्र सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको राराले दिनमा निकै चोटी रङ्ग फेर्ने गर्दछ । कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध रारा ताल । “नेपाल पर्यटन बर्ष २०२०” पर्यटकका लागि रमणीय गन्तब्य स्थल |

नेपाल सरकारले “नेपाल पर्यटन बर्ष २०२०” को अवसर पारेर २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ । जसमध्ये एउटा प्रमुख पर्यटकीय स्थल हिमाली भेग मुगुमा रहेको रारा ताल हो ।

स्वर्ग जस्तै सुन्दर, शान्त एवम् मनोरम रारा ताल विश्वभरी नै पर्यटकका दृष्टिकोणले प्रख्यात हुन सक्छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुग्न सकिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर रहेको छ ।

प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

राराताल पुगेका पर्यटकहरु त्यसको सौन्दर्यता र मनोरमतालाई अझैं धितमरुन्जेल नियाल्न करिब २ घण्टाको पैदल यात्रापछि यसको पश्चिमतिर मुर्मा टपमा पुग्ने गर्दछन् । जहाँबाट रारातालका साथै तालमा छायाँ परेर बसेका सन्दर हिमालका आकृतिहरु र ताल छेउछाउमा रहेको हरियो जंगल, चराचुरुङ्गीको चिरविर आवाजले स्वर्गको आभास दिन्छ । माधक पदार्थले मानवीय स्वास्थ्यमा नकारात्मक असर परिरहेको बेला प्रदेश सरकारले राराताललाई मदिरामुक्त बनाएको छ । स्थानीय खानाका परिकारले गर्दा त्यहाँ पुग्ने पर्यटकले फरक किसिमको खानाको स्वाद लिने गर्दछन् । अझैं भन्नु पर्दा अर्गानिक खाना मार्सि चामलको भात र च्याङग्राको मासुको स्वादले पर्यटकलाइ लोभ्याउने गर्दछ । फापरको रोटी र स्थानीयहरुले फलाएको हरियो तरिकारीको स्वाद चाख्न पाइन्छ ।

विभिन्न जिल्लाबाट शैक्षिक भ्रमणमा गएका विद्यार्थीहरुका साथै आन्तरिक पर्यटकले भरीभराउ रारातालमा रारा लेक रिसोर्ट, हेरिटेज रिसोर्ट, डाँफे होटलका साथै रारा मुर्मा होमस्टेमा खाना बस्नको व्यवस्था छ ।
नेपालका यस्ता पर्यटकीय स्थललाई विश्वभरि नै चिनाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनु पर्ने अभिषेक ओझाले बताउनु हुन्छ । रारातालका साथै त्यहाँ भएका प्राकृतिक साधन स्रोतले नेपाली हुनुको गर्वको अनुभूति गरेको उहा बताउनु हुन्छ ।

रारा ताल धुम्नका लागि सेप्टेम्बर, अक्टुबर, अप्रिल, मे महिनामा घुम्न उपयुक्त हुन्छ । हिउदको समयमा चिसोको कारणले र बर्खाको समयमा झरिले गर्दा पर्यटकलाई असहज महसुस हुन सक्छ । यस क्षेत्रका बासिन्दाहरुको प्रमुख पेशा कृषि, होटल, घरबास, च्याङ्ग्रा पालन, जडिबुटि खोज तथा बिक्रि, घोडा सवार आदि पेशा व्यवसाय गरी आत्मनिर्भर, जिवननिर्वाह गरीबसेका छन् ।

बिभिन्न देशबाट नेपाली तथा बिदेशी पर्यटकहरु यस तालको सौन्दर्यता, राष्ट्रिय निकुञ्ज, घोडा सवार, डुङ्गा सवार तथा ट्रेकिङ गर्न आउने गर्दछन । पर्यटन बर्ष २०२० सफल पार्न यो रारा क्षेत्रको महत्वपुर्ण भुमिका रहनेमा कुनै दुई मत छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here