Friday, February 26, 2021
More

    नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराद्वारा राहत सामाग्री वितरण सम्पन्न

    पोखरा, आइतबार, १९ पुस २०७७ । नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराद्वारा  तनहुँ जिल्लाको देवघाट गाउँपालिका-१ बसेनीटार स्थित रहेका आर्थिक अवस्था कमजोर भएका घर परिवारलाई न्यानो कम्मल र खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

    कोरोना भाईरसका कारण आफ्नो दैनीकी गुमाएका र जिविकोपार्जनमा समस्या भएका  एवं जाडोलाई मध्यनजर गर्दै उक्त स्थानका नागरिकहरुको जनजीवनमा केहि मात्रामा भएपनि सहजता प्रदान गर्ने उदेश्यले संघले  राहत सामाग्री वितरण गरेको हो ।

    स्थानीय ज्येष्ठ नागरिक खड्क बहादुर भुजेललाई कम्मल, चामल, दाल र चिउरा हस्तान्तरण गर्दै उक्त कार्यक्रमका अध्यक्ष एवं संघका अध्यक्ष सरस्वती अर्यालले कार्यक्रमको उद्‌घाटन गर्नु भएको थियो ।

    देवघाट गाउँपालिकाको तथ्याङ्क अनुसार ९५ प्रतिशत जनजाती र आर्थिक स्थिति कमजोर भएका नागरिकहरुको बसोबास रहेको उक्त  बसेनिटार गाउँमा संघद्धारा १०० घर परिवारलाई  न्यानो कम्मल तथा चामल, दाल र चिउरा समेत वितरण गरिएको छ ।

    राहत सामाग्री वितरण पश्चात कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष सरस्वती अर्यालले संघद्वारा गरिएको राहत वितरणबाट लाभान्वीत हुने नागरिकका सबै समस्याहरु समाधान गर्न नसकिएता पनि यसबाट केहि हदसम्म उहाँहरुको जनजीवनमा सहजता प्रदान गर्न संघले प्रयास गरेको बताउनुभयो ।

    साथै, शान्त र समुन्नत समाजको अभिलाषा राख्ने सबै सरोकारवाला संघ सस्थाहरुलाई उक्त गाउँमा सहयोगका कार्यक्रमहरु ल्याई उहाँहरुको जनजीवनमा केहि मात्रमा भएपनी सहजता प्रदान गर्न उहाँले कार्यक्रमबाटै अनुरोध समेत गर्नुभएको छ ।

    कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर थापाले नेपाल प्रहरी श्रीमती संघ पोखराको उक्त परोपकारी कार्यप्रति आभार प्रकट गर्नुभयो । राहत वितरणबाट बढ्दो चिसोका कारण बालबालिका तथा बृद्धबृद्धाहरु प्रत्यक्ष रुपमा लाभान्वीत हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा समेत सम्भव भए यस्तै सहयोगको अपेक्षा समेत गर्नुभयो ।

    राहत वितरणबाट लाभान्वीत स्थानीयहरुकले नेपाल प्रहरी श्रीमती संघद्धारा गरिएको उक्त राहत वितरणबाट आफूहरुलाई जाडोका लागि न्यानो कम्मल र खाद्यान्न प्राप्त भएको प्रती खुशि व्यक्त गर्दै थप सहयोगको समेत अपेक्षा रहेको बताउनु भयो ।

    उक्त राहत वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल, स्थानीय जनप्रतिनिधिहरु, गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, सामुदायिक प्रहरी सेवा केन्द्र देवघाट तनहुँका अध्यक्ष, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here