कोरिया, आइतबार, ४ असोज २०७७ । नेपाल मगर संघ गणतन्त्र कोरिया किम्हे बुसान शाखाको चौथों अधिबेशन सम्पन्न भएको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिदैं गइरहेको कोरोना भाइरस (कोभिड-१९) का उत्पन्न जटिल परिस्थितिका कारण प्रत्यक्ष रुपमा रुपमा भेला भएर कार्यक्रम गर्न सक्ने अवस्था नभएको हुदाँ भर्चुअल मिडिया जुम प्रयोग गरी सम्पन्न भएको चौथों अधिबेशनबाट धन सलामी मगरको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ ।

मगर संघ गणतन्त्र कोरिया केन्द्र (सौल) भौगोलिक रुपमा टाढा भएकोले यहाँ हुने हरेक गतिबिधिबाट बन्चित परेको अवस्थामा किम्हे/बुसान क्षेत्रमा रहेका मगर दाजुभाई तथा दिदीबहिनीहरुलाई एकजुट गराउँदै बिदेशमा कुनै पनि समयमा आउने भैपरी समस्याहरुको सहजीकरण, न्यूनीकरण तथा आफ्नो भाषा, भेषभूषा, संस्कृतिको प्रचार-प्रसार, विकास, संरक्षण गर्ने उदेश्य साथ के बी पुन मगर र कर्ण पुन मगरको सक्रियतामा राजकुमार आले मगरको अध्यक्षतामा मिति २०१५ मार्च १ तारिखमा सुरु भएको थियो ।

उक्त शाखाको निर्बाचित कार्य समितिको कार्य अबधि २ बर्ष भएतापनि अध्यक्षको कोरिया बैधानिक बसाई समाप्त भएको हुदाँ १ वर्ष अगाडी नै २०१६ मार्च ६ तारिखमा दोस्रो अधिबेशन गरी भिसन पुर्जा मगरको अध्यक्षतामा २५ सदस्सीय कार्य समिति गठन गरिएको थियो । बिदेशी भूमीमा रहेर पनि आफ्नो संस्थाको र नेपालीको हितका लागि उहाँको सफल कार्यकालपछि मिति २०१८ जून ३ तारिखमा तेश्रो अधिवेशन पनि सफलता पुर्वक सम्पन्न भयो ।

आफ्नो भाषा, धर्म, भेषभूषा, संस्कृति, पहिचानको अध्ययन र अरु विभिन्न जातजतिको भाषा, धर्म, संस्कृतिलाई नजिकबाट बुझ्ने, चिन्ने र सम्मान गर्ने सोचको बिकास पनि यस संस्थाले सिकाएको छ ।

यस गौरवशाली संस्थाको जिम्मेवारी सम्हाल्दै गर्दा धेरै कामहरु गर्ने योजना, सोच बनाएको थियौं । जसमध्य केहि कामहरु सम्पन्न गर्न सफल भएका छौं भने केहि कामहरु अधुरा नै रहेका छन् । बिशेषगरी, संस्थाको पहलबाट आयोजना गरिने माघे सकराती, भुम्या पुजा र कोरिया सरकारले आयोजना गर्ने Maigrant Arrirang Multi Culture Festival जस्ता कार्यक्रममा हामिले सक्रिय सहभागिता जनाई हामीले हाम्रो संस्कृति, भाषा, धर्म, भेषभूषा, परम्परा रितिरिवाजलाई बिदेशी भूमीमा प्रचारप्रसार गरिनुको साथै विभिन्न समयमा प्रदशन गरिएको नेपाली चलचित्रहरुबाट प्राप्त रकमलाई बिरामीको उपचारमा सहयोगार्थ तथा सामाजिक कार्यका लागि सहयोग गर्दै आएको निबर्तमान अध्यक्ष युद्ध सलामी मगरले जानकारी दिनुभयो ।

नेपाल मगर संघ गणतन्त्र कोरिया किम्हे बुसान शाखाको चौथों अधिबेशनबाट निर्वाचित नयाँ कार्यसमितिमा अध्यक्षमा धन सलामी मगर, ब उपाध्यक्षमा छाविन राना मगर, उपाध्यक्षमा दिल तारामी मगर, प्रथम उपाध्यक्षमा सिता तिलिजा मगर, द्रितिय उपाध्यक्षमा शिब थापा मगर उपाध्यक्ष ज्ञानुराजमा जाली मगर चयन हुनु भएको छ । साथै, महा-सचिबमा खिम काउचा मगर, सचिबमा मिना थापा मगर,,कोषाध्यक्षमा बिक्रम थापा मगर, सह-कोषाध्यक्षमा पारु आले मगर चयन हुनु भएको छ ।

त्यसैगरी, सदस्यहरुमा लक्ष्मी राना मगर, नबिन सारु मगर, प्रबिना मग्राति मगर, युबराज थापा मगर,अरुण बुदुजा मगर, प्रमोद थापा मगर, असिम पुन मगर, विकाश राना मगर, उमेश थापा मगर, गीता थापा मगर, खिल थापा मगर, उषा थापा मगर, कमल आले मगर, मिन सिंजाली मगर, स्वेक्क्षा थापा मगर, सगुन पुन मगर, अमत राना मगर, उपमा थापा मगर,समर्पण मगर, मिन रोका मगर, ज्ञान आले मगर, रामु मगर र युवराज मगर चयन हुनु भएको छ ।

अन्त्यमा, चौथों अधिबेशनबाट नब-निर्वाचित नयाँ कार्यसमितिलाई समझदारी,इमान्दारी र जिम्मेवारीमा बिशेष ध्यान दिन नि-बर्तमान अध्यक्ष युद्ध सलामी मगरले आग्रह गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भयो।

युद्ध सलामी मगर
नि-बर्तमान अध्यक्ष

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here