Monday, March 1, 2021
More

    नेपाल रेडक्रस सोसाईटी, श्रीनाथ कोट उपशाखाको चौथो साधारण सभा सम्पन्न

    गोरखा, २०७४ साल फागुन १२ गते शनिबार । नेपाल रेडक्रस सोसाईटी, श्रीनाथकोट उपशाखाको चौथो साधारण सभा सम्पन्न भएको छ । सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङको प्रमुख आतित्यतामा, सिरानचोक गाउँपालिका वडा न ७ का वडा अध्यक्ष सुरज ढकालको बिशेष आतित्यतामा , नेपाल रेडक्रस सोसाईटी उपशाखाका सभापति मेघ विलास ढकालको सभापतित्वमा र अन्य अतिथि महानुभाबको उपस्थितिमा उक्त चौथो साधारण सभा सम्पन्न भएको छ ।

    सभाले बार्षिक प्रतिबेदन,आर्थिक प्रतिबेदन, कार्ययोजना प्रस्तुत गरेको थियो । कार्यक्रममा आगामी दिनमा भुकम्प पिडितका लागि अझ बढी सहयोग गर्ने, स्वास्थ्य शिबिर लगायत विपद व्यवस्थापनका लागि आर्थिक सहयोग समिति कोष खडा गर्नेमा जोड दिने उपशाखाका सभापति मेघ विलास ढकालले बताउनुभयो ।

    त्यसैगरी, सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले नेपाल रेडक्रस सोसाईटी श्रीनाथ कोट उपशाखाले अनुकरणीय र उदारणीय कार्य गर्न सफल भएको बताउनुभयो । रेडक्रसले मानवीय सेवाका गतिविधि सञ्चालन गरी आफ्नो पहिचान राखेको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटिले गरेको कार्यलाई प्रशंसा गर्दै आगामी दिनहरुमा सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।

    जग्गादाता चन्द्र ब भुजेल, लेखा समित सदस्य रामचन्द्र ढकाल, कार्य सदस्य अशोक ढकालले मन्तव्य राख्नु भएको थियो |
    सचिब मिन बहादुर थापाले बार्षिक प्रतिबेदन र बक बहादुर थापाले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । उपशाखा कार्यसमितिका सदस्य कालिका प्रसाद ढकालले स्वागत मन्तव्य राख्नु भएको थियो |

    उक्त कार्यक्रममा आजीवन सदस्य, सल्लाहकार, कार्यसमिति, लेखा समिति लगायत समाजका लब्ध प्रतिष्ठित व्यक्तित्व , समाजसेबी, स्थानिय बासिन्दाको उपस्थिति रहेको थियो ।

    उपशाखा सभापति मेघ विलास ढकालले सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ र वडा न ७ का वडाध्यक्ष सुरज ढकाललाई स्थानिय निर्वाचन सफलता पुर्बक सम्पन्न भएकोमा सम्मान पत्रद्वारा सम्मानित गर्नुभएको थियो ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here