May 18, 2024
बैंक/बित्तिय

नेपाल लाइफ इन्स्योरेन्सद्वारा भूकम्प प्रभावितका लागि १० लाखको राहत सामग्री प्रदान

काठमाडौँ, शनिबार, २ मङ्सिर २०८० । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबार राती जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पबाट पिडित जनताका लागि राहत सामाग्री वितरण गरेको छ ।

प्रभावित क्षेत्रको राहतको लागि कम्पनीले १० लाख रुपैयाँ बराबरको राहत सामाग्री उपलब्ध गराएको छ । यस कम्पनीका कर्णाली प्रदेश प्रमुख अन्नत अधिकारीले नलगाड नगरपालिका, जाजरकोटका नगर प्रमुख डम्बर बहादुर रावतलाई २ सय थान, भेरी नगरपालिकाका नगर प्रमुख दल बहादुर धर्तिलाई २ सय थान र आठबिसकोट नगरपालिकारुकुम पश्चिम अन्तर्गत १४ नं वडाका अध्यक्ष हुकुम बहादुर पुनलाई ३ सय थान गरी कुल ७ सय कम्बल हस्तान्तरण गरेका छन्। न्यानो कपडाको अभावमा कष्टकर जिवनयापन गरिरहेका भुकम्पबाट पिडित जनताका लागि कम्पनीले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ७ सय थान कम्बल प्रदान गरेको हो ।

भूकम्पका कारण बाहिर बस्नु परेको र चिसोका सामना गर्नु परेर दैनिक जीवन कस्टकर भैरहेको कारण कसैले पनि कठिन परिस्थिको सामना गर्नु नपरोस भन्ने उद्देश्यका साथ पिडित परिवारलाई कम्पनीले कम्बल वितरण गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भन्ने अभिप्रायका साथ ७ सय थान कम्बल प्रदान गरिएको कुरा बताएका छन् ।

अब आउने निकट भविष्यमा कम्पनीलले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने प्रमुख कार्यकारी अधिकृत पराजुलीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *