Friday, January 22, 2021
More

    नेपाल, हरियाको पासपोर्ट र राजनीति

    मान्छेले आटेको के हुन्न चन्द्रमा पनि भेटिन्छ ,

    अभागी रेखा निधारको पसिना पुछी मेटिन्छ ।

    राष्ट्र कवि माधवप्रसाद घिमिरेको आशा र उत्प्रेरणा जागृत गर्ने कालझै यी हरफले भने झैं हाम्रो राजनीति व्यवस्थाको स्थायित्व र दिगो पानाको आधारको दुई तिहाइको सरकार समेत बन्न सकेन । श्रमजीवी जनताका निधारमा पसिना पुच्छने र दुःख-सुःखको साथी बन्ने सरकार र व्यवस्थाको खोजी जनताले गरिनै रहनु परेको छ ।

    भनिन्छ, मानिसले आफ्नो प्रतिविम्ब एैनामा देखे जस्तै ,समाजले आफ्नो चित्रण विश्व मानचित्रमा देख्छ । भूमन्डलीकरणको बर्तमान परिवेशमा नेपाली समाज विश्व मानचित्रमा नाईलनदी भन्दा पनि अन्नत गतिमा लम्बिदै लम्किरहेको छ ।

    जसलाई बुझ्न आज हामी विकासको चरम उत्कर्सको देश अमेरिका । प्रबिधीको देश जापान । मानवीय मुल्यमा उच्चाड्क प्राप्त गर्ने युरोपियन देशरू नै किन नहुन । अझ मानवीय क्षमतासँगै युवा रोजगारलाई साधन र स्रोत बनाउने अरबियन देश । द्धन्दको चपेटामा परेका थलिएका अफ्गानिस्तान, इराक, अफ्रिका वा कयौ देश मै किन नहोस ।

    नेपालीको फैलावटको आयतन फराकिलो बन्दै छ । यस अर्थमा नेपाली समाज विश्वमान चित्रमा आफ्नोपन ।आफ्नै माटोको सुगन्ध ।

    आफ्नै चाडपर्वसँगै आफ्नै स्वाद अनि पहिचान बोकेर महाकुम्भ रूपी विश्व बजारमा आफ्नै आकृति, आयतन, उचाई र बनोट खोज्न अग्रसर हुदै कन्चन नदी झै प्रवाहीत छ, विश्वबजारमा ।

    नेपाल ऋषि-मुनिहरूको  पावन तपो भुमि हो । यही माटोमा एकाग्र भएर ठुला ठुला काब्यको सिर्जना भएको इतिहास छ ।शान्तिको प्रतिक गौतम बुद्धका महान बाणीको जन्म यही माटोमा जन्मेर भएको छ । बाल्मिकी, ब्यास, भानुभक्तजस्ता महा-पुरुषको पावन भुमिको पहिचान हाम्रो गर्व हो । किराँत, लिच्छविकाल हुदै मल्लकालसम्म मौलिकपन र महत्त्व बोकेर हिमालयको काखमा गौरबसाथ बाँचेका हाम्रा पुर्खा र तिनको बिरताले छोडेका इतिहास र कलात्मक गाैरव अझै जिबित छन ।

    जसको जगनै नेपाली भनेर गर्व गर्ने सेतु हो । प्रकृतिको बरदान सगरमाथाको उचाइले मात्र हामी बिश्व सामु परिचित छैनौं । हाम्रो हिमालय पर्वतको सुन्दरता र पवित्रता समेत नेपाली पहिचान हो । समृद्धिसगै पहाडी क्षेत्रको आकर्षण होस,मधेस तराईको जीवन समेत होस ।

    विश्वले हाम्रो पर्यावरणको प्रसंसा मात्र गरेको छैन, नेपाली विरङ्गनहरूको अदम्य सहास, इमानदारीता , लगनशीलता, कला, राष्ट्रप्रेम , भाषा,मौलिक रीतीरिवाज र साँस्कृतिक विविधतालाई पनि स-गर्व स्विकार गरेको छ ।

    बिशेषत २०४६ सालको प्रजातन्त्र प्राप्तिपछि भएका आन्दोलन देश र भुगोल भित्रमात्र सिमित रहेन । राजनीतिबाट शिक्षित भएका युवा विदेशीने र आर्थिक उपार्जन गर्ने सपना देखे कतिलाई सपना बाडियो । जसरी पनि हरियो पासपोर्ट हकदार बनाइयो । आंखामा सम्पन्नताको सपना र मुटुमा देशको माया बोकी पसिना बगाउन लाखौं युवा विदेशीनु कतिलाई रहर त कतिको बाध्यता बन्यो ।

    राजनीतिक परिवर्तनले नै नेपालको मुहार फेर्छ र फर्कदा पसिना बगाएको देशको सम्पन्नतामा सिरान लगाएर आफ्नै मौलिकतामा रमाउने युवाका सपनाका त्यानाहरू जोडिन सकेनन् । तर पनि, प्रकृति र सनातनदेखिको यस पुन्य भूमीको स्वर्णताका लागि हरेक आन्दोलन र परिवर्तनमा आफ्नो क्षमता अनुकुल आर्थिक, नैतिक समर्थन गर्दै राष्ट्रियता र देशभक्तिको मौलिक सोच निमार्ण गर्दै गए प्रवासी नेपाली पनि ।

    आज सरकारी तथ्याड्क हेर्दा पनि पौने करोड हरिया पासपोर्ट पहुँच र अबसर सँगै योग्यताको आधारमा एसिया, युरोप,अमेरिकामा संघर्षसँगै दक्षतामा अब्बल बनिरहेका पनि छन् । सबैको अन्तिम लक्ष्य र चिनारी नेपाली पहिचान नै हो तर, पनि राज्यको तर्फबाट नागरिकको पसिनाको मुल्यांकन भएको आभाष हुनै सकेको छैन ।

    नेपालले नागरिक उत्तरदायित्वमा राज्य नीति ब्यवहारिक बनाउन सकेको छैन । सरकार जन उत्तरदायी नवन्नु मात्र होईन शोषिक बर्गको प्रतिनिधित्व गर्नेहरूले नै सरकारमा सहभागी हुदा शोषक बनेर निस्कनु कम पीडादायी छैन नेपालीहरूका लागि ।

    राज्यलाई कर तिरेर बाध्यताले विदेशीएका नेपालीहरू कफिन ( लास बोक्ने बाकस) मा आफ्ना अभिलासा समेत मृत भएर फर्कनुको पिडाले हरेक दिन विछिप्त हुने गर्नछ मातृभूमि । मृत्यु वहन गर्नु पुर्व प्रवासमा हरेक नेपालीको एउटै आकड्क्षा हुन्छ । मेरो मृत शरीर मातृभूमी कै माटोमा बिसर्जन होस । यति अगाध राष्ट्रप्रेमी नेपालीले मृत्युपछि पनि सङ्घर्ष गर्नु परेको छ, राज्य सँग । राज्यले कहिले स्विकार्छ ? नागरिकको मृत्युवरण पछि पनि करको लिस्टो थमाउन आतुर छ मेरो देश ,मेरो देशको लोकतन्त्र ।

    राज्य सञ्चालनको केन्द्र विन्दु मानिने सिहदरबार र बालुवाटारको निर्लज्ज आँखाबाट आर्यघाटमा दिइने दागवत्तीको अंकगणित राखिरहेको छ मेरो सरकार । दैनिक प्राःय उपस्थित हुने कफिन कुरेर त्रिभुवन विमानस्थलमा आफन्तको लास पर्खने बा ,आमा , ती अवोध सन्तति र जवानीमा संसार खोसिएकी चेलीको रोदनले भक्कानिएको मनको आवाज सुन्न मेरो देशको सरकारी निकायको क्षमता र इच्छाशक्ति कहिले पलाउने हो ? पहुँच नहुनेहरूको समानता र न्यायको नयाँ मुद्दा माथिको कमजोर प्रतिरोध देखेर राजनीति व्यवस्था माथिको नागरिक खवरदारी गर्नुपर्ने सहज अनुमान गर्न सकिन्छ ।

    यस अर्थमा, सरकारले बेला बेलामा चर्को स्वरमा युवालाई विदेश मोह त्याग्न गरिरहने उद्घघोष देख्दा लाग्छ सरकार देशका आर्थिक सुचकहरूबाटै बेखवर छ । र आज पनि लासबाट राजस्व उठाएर आफु झन्डा बाल गाडीमा सयर गरिरहन्छ । तिनै हरिया पासपोर्ट धरौटी राखी राज्यका नायक, कमिसनकारी कारिन्दाहरु नाटक मन्चन गरिरहेका छन । यो शताब्दीकै घिन लाग्दो व्यवहार कहिले सम्म ? रहन्छ सरकार अहिले झन्डै पौने करोड नेपालीको साझा प्रश्न यहि हो ?

    देश लोकतान्त्रिक मात्र भयो । सरकार र कर्माचारीतन्त्रको आचरण लोक समवत वनेन ।अनि जनताको लासका नेता मलामी बनेन तर

    क्रमश …

    जबसम्म नागरिक सचेत हुदैनन तबसम्म शासकहरुको नियत सफा हुदैन । यसको जवलन्त तस्बिर नेपालको राजनीतिक र कर्माचारी तन्त्रको भष्ट्र प्रवृत्ति नै हो । हामी बिविधकारणले विदेशमा पसिना, श्रम र सिप बेचिरहेका छौ । यो हाम्रो बाध्यता मात्र होईन राज्यले रोजिदिएको गन्तब्य पनि हो । राज्यले नै हाम्रो पाखुरा र मष्तिष्कलाई रेमिटेन्सको नाममा नागरिक दोहन गरिरहेछ । रेमिटेन्सबाट राज्यले गुजरा चलाई असफल राष्ट्र बन्नुबाट नाक जोगाएको छ । हरियो पासपोर्टको लिलामीबाट लुटिएको अस्मिता, गुमाएका प्राणबाट राज्यले राजस्वको नाममा राजलिला मच्चाई महल र सुख: भोगको सौख पुरा गरिरहेछ ।

    काठमाडौंको चारघेरालाई देशको रुप देख्नेहरु राज्य शक्तिको दुरुपयोग गरि भ्रष्टाचारको नाड्गो नाँच नाचिरहेका छन । घर कुर्न राखेको पाले नै त्यही घरको सम्पतिको ज्वाई बनेको छ । जसको जवलन्त उदाहरण पुर्ब अख्तियार प्रमुख नै भएका छन ।

    यि केबल कारिन्दा थिए । कारिन्दाले मालिकलाई बुझाएको पोकोको राज झन के होला ? मालिक बनेका राजनीतिका चाटुकारहरुको स्वदेश तथा विदेशको लगानी र आफन्तको नाममा सङ्कलन गरिएको ढुकुटी हेर्ने हो भने आजका युवाले पसीनासँग यो देशको समृद्धि साटनु बेकार साबित हुनेछ ।

    अब एउटै बिकल्प खबरदारी गर्नु हो । देशको माटोको टिका लगाएर यि चाटुकार सुख सयल र भोग विलासमा लिप्त भएको नागरिकले पहिचान गर्नु पर्छ । अब हरिया पासपोर्टहरु देश फिर्तीको अभियान चलाउनु पर्छ । सबैको साझा स्वार्थ बिकास हुनुपर्छ । अहिलेको नेतृत्वले नीति बनायो । निर्माण युवा पुस्ताले गर्नुपर्छ । बैचारिकता मात्र ले होईन विवेकले काम गर्नु पर्छ । नागरिकले नागरिकत्व खोज्ने बेला भएको छ । प्रतिक्रान्ति होईन । उद्यमशीलता खोज्ने बेला भएको छ ।

    पन्चायतको नुन खाएर लोकतन्त्रको पन्डित बनेका पन्च हुन या विदेशिको गुलाम बनेर राष्ट्रवादको हुङ्कार गर्ने कम्युनिस्टहरू नै किन नहुन यस्को विकल्प मात्र होईन जटिल परिस्थितिको कुशल व्यवस्थापकको खाँचो टड्कारो छ नेपालमा यति वेला ।

    अक्सर नेताहरू जेलनेल, सड़क, जगंल र बन्दुकको अनुभबले पारङ्गत भए पनि सत्ता प्राप्तिपछि आफुहरुलाई छोटे राजाको आचरण, रहन-सहन, भाई भारद्वाजहरुलाई सत्ताको रासलीलामा परिणत गर्न थाले ।

    जेल र जंगलमा भोगेको दुःखलाई ब्याज सम्झी मरेको राज्यलाई लुछी लोकतान्त्रिक आचरणबाट स्खलित हुन पुगे । अहिले जनता आफै आफैलाई धिकार्न बाध्य छन, कोईली भनी छानेको कौवा परेछ भनी ! विवेकका दिर्घरोघीहरु चौघेरा भित्र पँधेरो निर्माण गरी राज्यभोगको स्नान गरिरहेका छन । नारायणी नदीमा कुलको अस्तु बगाई स्वर्गद्धारीमा स्वर्णिम भोग गर्ने राज्ययोगकी देवी अवतार दुध चोर्ने बिरालोको भान्छे बनीरहेकी छिन ।

    जंगल राजमा लुकेका छरप्रष्ट चित्कारहरु, झुन्डाईएका निर्मल आत्माहरु, गोलीले छिनाईएका बिकास र जनआधारका पाईलाहरुले अझै शान्ति पाएका छैनन । त्यही  जंगल राजको सिंह न दिनभरी निर्बाध हिडडुल गर्न नै सकेको छ, न रातको निद्रा निसन्देह निदाउन सकेका छन । चौघेरा बन्दुक बोकाएर शहरको बिचमा शान्ति रसको साहराले एक प्रहर सुत्नु परेको छ ।

    राजनीतिक सधियारहरु पनि सिमानामा झरेका फल आफ्नो अंशमा झर्छन की भनि लालपुर्जा बोकेर बन्धकी बसेका छन ।बरु राष्ट्रलाई जनताको नासो सम्झिएर जनतामा फिर्ता गर्ने , जनताको साहनुभुति नभएका राष्ट्र नायकको सौभाग्य पाएका पो महापुरुष भएको भान भइरहेछ ।

    जनताको दैलो, मठ मन्दिर , पुजाआजा, हिमाल,पाहाड, तराईले आफै लाज मानिरहेको छ । आफ्नो राजनीतिक स्वार्थ पुरा गर्न गरिने हुलबाद, सौख पुरा गर्न जन्माउने नक्कली नाताबाद नियुक्तिमा हुने व्रिवकेसबाद, परिवारवाद र फरियाबाद । बिचार नभएर पैसामा राजनीति गर्नेहरु ठेक्का र दलालबाद ,साँझ परेपछि चुस्की-चुम्बन यो जालो नै नेपालको आज को गतिरोध हो ।

    आफ्नो गुटको स्वार्थको लागी बिना लज्जाबोध सम्बिधान को अपब्याख्या गर्दै ब्यबस्था माथि नै प्रश्नचिन्ह खडा गरिदिएका छन ।

    जबसम्म शासक हरियो पासपोर्टलाई बिकाउको साधन बनाईरहन्छन । त्यसदिन सम्म शासक हरु देश लुटिरहने छन,अनि तरुण, युबा युवतीको मतदानको मौलिक अधिकार लुटिरहन्छन । हरियो पासपोर्ट धारीलाई नेपाली राजनीतिले कहिलेसम्म उसको अधिकारबाट बन्चित गर्ने, नेतृत्व चुन्न पाउनु उसको रहन मात्र होईन मौलिक अधिकार हो ।

    यो आँट र अद्मय सहास ले मात्र हाम्रो देशको राजनीति व्यवस्थाले चन्द्रमा छुनेछ । अनि मात्र तमाम हरियो पासपोर्टका निधारबाट अभागी रेखाहरू पुछिने छन् ।

    त्यही स्वर्ण देश र समृद्धिको नयाँ मुलुकले मात्र चिरकाल सम्म गर्व र गौरव साथ सगरमाथा को सान उच रहने छ ।

    लेखक : हाल जापानमा हुनुहुन्छ ।

    २०७७ साल पुस १३ गते सोमबार ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here