बैंक/बित्तिय

नेप्से दाहोरो अंङ्कले घट्यो, १ हजार ९४० विन्दुमा बजार

काठमाडौँ, बुधबार, २२ भाद्र २०७९ । शेयर बजार आज बुधबार दोहोरो अंङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ९७ अङ्कले घटेर १ हजार ९३९ दशमलव ८८ विन्दुमा झरेको छ ।

यसदिन २२४ वटा कम्पनीको २९ लाख ४३ हजार कित्ता शेयर २० हजार ४५२ पटक कारोबार हुँदा ८२ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ । आज म्युचल फन्ड सामान्य बढेको बाहेक अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको ५ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज प्राइम डिबेन्चरको शेयर झन्डै ६ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको शेयर ५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि सनराइज म्युचल फन्डको शेयर झण्डै ८ प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर झन्डै साढे ६ प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published.