February 24, 2024
राजनीति समाचार

नेविसंघको खबरदारी : कांग्रेस सरकारमा हुँदा कुशासन किन ?

काठमाडौँ, बिहिबार, २८ मङ्सिर २०८० । नेपाल विद्यार्थी संघले एनसेल खरिद बिक्री प्रकरणमा भएका अनियमितता विरुद्ध खबरदारी र्‍याली निकालेको छ । बिहीबार बिहान काठमाडौँको बागबजारस्थित पद्मकन्या क्याम्पसबाट निकालेको र्‍याली शान्ति बाटिका पुगेको थियो ।

र्‍यालीमा सहभगीहरुले भ्रष्टाचारको विरुद्धका प्लेकार्ड प्रदर्शन गरेका थिए । साथै, उनीहरुले कांग्रेस सरकारमा हुँदा कुशासन किन रु भनेर प्रश्न समेत गरेका छन् ।

नेविसंघले एनसेल खरिदबिक्री प्रकरणका सन्दर्भमा नियामक निकायहरूको बदनियतपूर्ण कमजोरी, सोनारा एक्जियाटाले गरेको कानुनी छिद्रहरूको गलत प्रयोग र राजनीतिक आडमा गरिएको खरिदले निम्त्याएको भ्रष्टाचार र आर्थिक अपचलनका विरुद्ध सरकार, सोनारा एक्जियाटा र खरिदकर्तालाई प्रश्न समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *