बागलुङ, मंगलबार, १६ भाद्र २०७७ । बागलुङ नगरपालिका-१० गलुवामा न्वारनको भोज खाना गएका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ । यहि भदौ ११ गते संक्रमण पुष्टि भएका २३ बर्षिय युवाको क्लोज कन्ट्याक्ट ट्रेसिङ गर्दा २५ बर्षिय युवामा संक्रमण पहिचान भएको हो । नेपाली सेनाको लमजुङ स्थित एक गणमा कार्यरत २३ बर्षिय युवा भदौ ९ गते छोरीको न्वारन गर्न बागलुङ आउनुभएको थियो ।

भोज आयोजना गर्ने युवामा नै संक्रमण देखिएपछि भोजमा सहभागी ७० जनाको स्वाव संकलन गरी परीक्षणको लागि क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा पठाइएको थियो ।

७० जनामध्य एक जनाको कोरोना पोजेटिभ आएको र अन्यको रिपोर्ट प्राप्त नभएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव डिल्ली आचार्यले जानकारी दिनुभयो । पहिलो डिभिजनमा परीक्षण भएकाहरुको रिपोर्ट प्राप्त भए पनि दोस्रो र तेस्रो चरणमा परीक्षणको लागि राखिएकाहरुको रिपोर्ट प्राप्त भएको छैन ।

२३ बर्षिय युवाले भदौ ९ गते छोरीको न्वारनमा गाउँलेलाई समेत बोलाएर खसी काटर भोज खुवाउनुभएको थियो । भोजमा सहभागी पाहुना, आफन्तजन लगायतका ७० जनालाई क्लोज कन्ट्याक्टको रुपमा स्वास संकलन गरिएको थियो ।

सिनियर अहेलव डिल्ली आचार्यका अनुसार सङक्रमितका परिवारमा कोरोनाको लक्षण समेत देखिएको थियो । स्वाव दिने केहीमा ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या हुनुका साथै घाँटी दुख्ने समस्या देखिएको थियो ।

बागलुङ नगरपालिका क्षेत्रका १ सय २१ जनाको स्वास्थ्य परीक्षण रिपोर्ट प्राप्त नहुँदा मंगलबार रातीदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालय बागलुङले भदौ १७ गते राती १२ बजेसम्म कायम रहने गरी दुई दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । गोरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here