काठमाडौं, आइतबार, २५ जेठ २०७७ । सज्जन महिला साकोसको संयोजनमा आज आइतबार नवौ चरणको राहत विपन्न तथा गरिव पचास परिवारहरुलाई वितरण गरिएको छ ।

लकडाउनको आज ७६ औं दिन हुँदै गर्दा समस्यामा परेका आफ्ना सदस्यहरुलाई दाताहरूबाट प्राप्त खाद्यान्न संकलन गरी ५० परिवारलाई वितरण गरिएको हो ।

उक्त राहत वितरण का.म. पा. वडा न -६ का वडा सदस्य जयराम पुडासैनी, सज्जन महिला साकोसकी अध्यक्ष सीमा पुरी, उपाध्यक्ष गीता श्रेष्ठ , सचिव कमला ढुंगाना, कोषाध्यक्ष मन्जुरा बजगाईं, सदस्यहरु श्यामा गुरुङ, अनुपमा सुबेदी, कमला खनाल, ब्यबस्थापक नगीना सिंह भण्डारीको रोहबरमा बितरण गरिएको थियो । संस्थाको तर्फबाट पदमा पुरी, शिवराम घिमिरे, लक्ष्मी मगर, गिता खतिवडा, रमिला लामिछाने, बबिता बस्नेत, बसुधा कक्षपतिले बितरण तथा प्याकिङ्मा सहयोग पुर्याउनु भएको थियो । संस्थाका सदस्य तथा शान्तिनगर, कपन, चाबहिल सेरोफेरोका अत्यन्तै असहज अबस्थामा रहेका पचास परिवारका सदस्यहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको थियो ।

आज हामी राहत वितरण अभियान अन्तर्गत नवौ चरणमा आइपुगेका छौ ‘सहयोगी मनका कारण आज पचास परिवारलाई सहयोग गर्न पाउदा खुशी लागेको बताउनु भयो । हाम्रा बिभिन्न दाताहरुले खुल्ला हृदयका साथ संस्था मार्फत सहयोग प्रदान गर्न इच्छा गर्नुभएको कारण माध्यमका रुपमा आफ्ना सदस्य लगायत समस्यामा परेकाहरुलाई सहयोग गर्नको लागि संस्थाले अग्रसरता देखाई सहयोगी हातहरु तथा समस्यामा पर्नु भएका परिवारकोबीच पूलको रुपमा काम गरिरहेको अध्यक्ष सीमा पुरीले भन्नुभयो ।

नवौ चरण अन्तर्गत दाताको रुपमा पुर्व संसद स्व. चक्र बहादुर ठकुरीका सुपुत्र नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का महासमिति सदस्य तथा युवा नेता बिमल ठकुरीद्वारा १० बोरा चामल, नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का महाधिवेशन प्रतिनिधि तथा गो.न.पा का प्रमुख सल्लाहकार दिपक रिसालद्वारा दश हजार, नेपाल आदिवासी जनजाति संघका अध्यक्ष नबिन बज्र लामाद्वारा सात हजार, समाजसेवी, सहकारीकर्मी तथा साहित्यकर्मी माधवलाल श्रेष्ठद्वारा ५ बोरा चामल, समाजसेवी तथा चिन बिज्ञ दिनेश खनालद्वारा पाच हजार, संस्थाका सल्लाहकार अम्बिका रानाद्वारा पाच हजार , शिक्षा समितिका सदस्य इन्दिरा पौडेलद्वारा तीन हजार र संस्थाका सदस्य रेणु बरुवालद्वारा दुई हजार संस्थाको अध्यक्ष सीमा पुरी र ब्यबस्थापक नगीना सिंह भण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो ।

यस महान कार्यमा सहयोगी सदस्यहरुलाई सज्जन महिला साकोसको तर्फबाट धन्यवाद ब्यक्त गर्नु हुदै अध्यक्ष सीमा पुरीले दशौ चरणको राहतको तयारीमा जुट्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here