काठमाडौं, बिहिबार, २५ बैशाख २०७७ । सज्जन महिला साकोसको संयोजनमा आज बिहिबार आठौ चरणको राहत विपन्न तथा गरिव पच्चीस  परिवारहरुलाई वितरण गरिएको छ ।

पच्चीस परिवारलाई सज्जन महिला साकोसको निरन्तर सहयोग

उक्त राहत वितरण का.म. पा. वडा न -६ का वडा अध्यक्ष दिपेन्द्र लामा, वडा सदस्य जयराम पुडासैनी, सज्जन महिला साकोसकी अध्यक्ष सीमा पुरी, सचिव कमला ढुंगाना, संयोजक शोभा खरेल, सदस्य चन्द्रमा अधिकारी, इन्दिरा जम्कट्टेल, शिक्षा समिति सदस्य निर्मला दाहाल , संस्थाकी उपाध्यक्ष गीता श्रेष्ठ, ब्यबस्थापक नगीना सिह भण्डारीको रोहबरमा बितरण गरिएको थियो ।

आज हामी राहत वितरण अभियान अन्तर्गत आठौ चरणमा आइपुगेका छौ‘ सहयोगी मनका कारण आज पच्चीस परिवारलाई सहयोग गर्न पाउदा खुशी लागेको बताउनु भयो ।

पच्चीस परिवारलाई सज्जन महिला साकोसको निरन्तर सहयोग

साथै, हाम्रा बिभिन्न दाताहरुले खुल्ला हृदयका साथ् संस्था मार्फत सहयोग प्रदान गर्नु भएको कारण आफ्ना सदस्य लगायत समस्यामा परेकाहरुलाई सहयोग गर्नको लागि संस्थाले अग्रसरता देखाएको बताउदै उहाले सहयोगी हातहरु तथा समस्यामा पर्नु भएकाको बीच पूलको रुपमा काम गरिरहेकोअध्यक्ष सीमा पुरीले भन्नुभयो ।

संस्थाको तर्फबाट, शिवराम घिमिरे, लक्ष्मी मगर, गिता खतिवडा, रमिला लामिछाने, बबिता बस्नेत, डोल्मा मिन माया भुजेल, मनिषा दुवाल, लगायतले बितरण तथा प्याकिङ्म सहयोग पुर्याउनु भएको थियो । आठौ चरण अन्तर्गत दाताको रुपमा शिक्षा समिति संयोजक प्रतिभा निरौलाद्वारा २५ किलो साग,  १५ किलो काक्रो र ३५ किलो काउली सहयोग प्रदान गर्नु भएको थियो । सदस्यहरुको तर्फबाट निर्मला दाहालबाट नगद पाच हजार रुपैयाँ, सबिना नेपालबाट नगद दुइ हजार रुपैयाँ हस्तान्तरण गर्नु भएको थियो ।

पच्चीस परिवारलाई सज्जन महिला साकोसको निरन्तर सहयोग

त्यसैगरी, संस्थाका सदस्य नेत्र प्रसाद नेपालबाट १० लिटर तेल, स्मृति भण्डारीबाट २५ किलो पिठो, तारा गुरुङबाट ५ किलो दाल, सुर्य बहादुर बस्नेतबाट ९ किलो दाल, मिन माया भुजेलबाट २० पाकेट नुन र अन्य नाम खुलाउन नचाहनु भएका दाताहरुबाट  तेल, नुन, र नगद तथा अघिल्लो दिनको बचत रकमबाट १ सय २५ किलो चामल खरिद गरी सस्थाको अध्यक्ष सीमा पुरी र ब्यबस्थापक नगीना सिह भण्डारीलाई हस्तान्तरण गर्नु भएको थियो ।

पच्चीस परिवारलाई सज्जन महिला साकोसको निरन्तर सहयोग

यस महान कार्यमा सहयोगी सदस्यहरुलाई सज्जन महिला साकोसको तर्फबाट धन्यवाद ब्यक्त गर्नु हुदै अध्यक्ष सीमा पुरीले ९ औ चरणको राहतको तयारीमा जुट्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here