काठमाडौँ, मंगलबार, २० साउन २०७७ । पछिल्लो २४ घण्टामा देशभर थप २ सय ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा २५९ जनामा संक्रमण देखिएको बताउनुभयो । योसंगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यससहित डिस्चार्ज हुनेको कुल संख्या १५ हजार २६ पुगेको छ ।

हालसम्म नेपालमा ४ लाख ६ हजार ५९४ पीसिआर परीक्षण भएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here