गोरखा, बुधबार, ३१ असार २०७७। नेपाल पत्रकार महासंघ गोरखा शाखाले जिल्ला भित्रका क्रियाशिल पत्रकारहरुलाई सञ्चार सामाग्री बितरण गरिएको बिषयलाई लिएर भएको अर्नगल प्रचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै कोभिड १९ को संक्रमणका बेला समाचार संकलन र प्रकाशनका लागि गरिएको कार्यक्रमबाट ५० प्रतिसत सहयोगमा सञ्चार सामाग्री बितरण गरिएको बिषयलाई तोडमोड गरि सामाचार सार्वजनिक भएको घटना भन्दै आपत्ती जनाएको हो ।

‘शाखामा क्रियाशिल पत्रकारहरुको क्षमता अभिबृद्धिको पक्षमा काम गर्ने, पेशागत हकहित र सुरक्षाका पक्षमा वकालत गर्ने कार्य छाता संगठनको दायित्व र कर्तब्य हो, महासंघका अध्यक्ष किशोरजंग थापाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ, ‘क्षमता अभिबृद्धिका लागि सञ्चालन गरिएको कार्यक्रमको अर्नगल प्रचार गर्नु सिङ्गो पत्रकारहरुको छाता संस्था जिल्ला शाखाको कार्यक्रमलाई प्रभाव पार्ने र संस्थालाई बद्नाम गर्न प्रयास हो ।’ महासंघले ल्याएको कार्यक्रम कहाँ कसरी खर्च गर्ने भन्ने महासंघले निर्णय गर्न सक्ने भएकाले अनाबश्यक टिकाटिप्पणी गर्दै महासंघको बदमान गराउने नियत भएको उल्लेख गरिएको छ ।

बिज्ञप्तीमा भनिएको छ, पत्रकारहरुको छाता संस्थाको निर्णयलाई बङ्ग्याएर अनर्गल प्रचार गर्ने, स्थानीय तहको कार्यक्रम नरहेको विषयलाई तोडमोड गरेर पत्रकारहरुको छाता संंस्था र जनप्रतिनिधिको मान मद्र्धन हुने गरि पेशागत मर्यादा बिपरित भएको अनर्गल प्रचार भएको प्रति जिल्ला शाखाको गम्भिर ध्यानाकर्षण भएको छ । बिज्ञप्तीमा स्थानीय सरकारसँग सहकार्य गर्नु छाता संस्थाको कर्तब्य भएको र निरन्तर खबरदारी गर्नु संचारकर्मीको दायित्व उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा पत्रकारिताको न्युनतम मूल्य मान्यता बिपरित कार्र्य नर्गन र त्यस्ता क्रियाकलापलाई साथ नदिन पनि सम्बन्धित स्थानीय तह, सरकारी तथा गैह्रसरकारी निकायलाई अनुरोध गरिएको छ । साथै, महासंघले यस्ता खालका भ्रामक समाचारको पछि नलाग्न संम्बद्ध सबै पक्षमा अनुरोध समेत गरेको छ । बिज्ञप्तीमा पत्रकारिता पेशाको मर्यादामा रहेर काम गर्ने शिलशिलामा आइपर्ने जुनसुकै कठिनाईमा पनि जिल्ला शाखा गोरखा सँगसँगै रहेकाले बिचलित नहुन, प्रभाव दबावमा नपर्न समेत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here