Friday, February 26, 2021
More

    पत्रकार एवम् स्काउट लिडर राजिव खत्रीको “स्कार्फ” सार्वजनिक

    काठमाडौं, बिहिबार, १६ पुस २०७७ । पत्रकार एवं स्काउट लिडर राजिव खत्रीको ‘स्कार्फ’ नामक नियात्रा संग्रह लोकार्पण गरिएको छ । डायनामिक स्काउट क्रुको चौथो वार्षिक उत्सवको अवसरमा खत्रीको ‘स्कार्फ’ लोकार्पण गरिएको हो ।

    युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङ्गको प्रमुख आतिथ्यतामा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल तथा साहित्यकार राधेश्याम लेकाली, युवराज नयाँघरे, लाइन्स क्लब इन्टरनेसनलका गभर्नर टंक श्रेष्ठ, स्काउट लिडरहरु डा.रविन्द्र प्रसाद पाण्डे, रविन दाहाल, अनन्तप्रसाद भेटुवाल, चन्दन कौसिक लगायतको उपस्थितिमा ‘स्कार्फ’ लोकार्पण गरिएको हो ।

    कार्यक्रममा मन्त्री तामाङले स्काउटमा देखिएका समस्या समाधान गर्दै नेपाल स्काउटको विकासमा योगदान पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले स्काउटले मानवलाई नै अनुशासनमा राख्ने बताउनुभयो ।

    तीनकुने स्थित भिएस निकेतन स्कुलमा आयोजित कार्यक्रकमा उपस्थितिहरुले स्काउटीङ प्राविधिक कुरा भएकाले यस विषयमा बुझ्न यो पुस्तक महत्वपूर्ण हुने बताएका छन् । १४ वटा निबन्ध संग्रहित पुस्तकका लेखक खत्रीको यो पहिलो कृति हो । खत्रीको पुस्तकमा स्काउटसंगै देश, भाषा, संस्कृत र विभिन्न समाजलाई जिवन्त पढ्न सकिने छ ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here