Friday, January 22, 2021
More

    पत्रकार मञ्चको नयाँ कार्यसमिति चयन

    काठमाडौं, सोमबार, २७ पुस २०७७ ।  नेपाल पत्रकार मञ्चको नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न संस्थाको छैठौँ अधिवेशनले युवराज विद्रोहीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

    संस्थाको उपाध्यक्षमा चन्द्रमणि भट्टराई, महासचिवमा विमल थापा, सचिवहरु प्रितमसागर कर्माचार्य, लक्ष्मण पन्थी, मनुका कुँवर (महिला) तथा कोषाध्यक्ष कमला नेपाल चयन भएका छन् ।

    त्यसैगरी, सदस्यहरुमा प्रज्ज्वल थापा, राजु भण्डारी, जितेन्द्र श्रेष्ठ, उदयनारायण भट्टराई, पासाङ शेर्पा, श्यामबाबु आचार्य, पवन फुँयाल, रमेशप्रसाद घिमिरे, सरस्वती गौतम र निकिसा बस्नेत चयन भएका छन् ।

    नेपाल पत्रकार महासंघको एशोसिएट संस्थाको रुपमा रहेको मञ्चमा हाल विभिन्न सञ्चार माध्यममा क्रियाशील २ सय जना पत्रकारहरु सदस्य रहेका छन् ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here