दोहा, आइतबार, १८ जेठ २०७७ । नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँलाई पितृ शोक परेको छ । पत्रकार मियाँका बुबा अमिर बक्स मियाँको शनिबार निधन भएको हो ।

मियाँको तनहुँ जिल्ला शुक्लागण्डिकी नगरपालिका ५, स्थित आफ्नै निवासमा निधन भएको परिवार स्रोतले जनाएको थियो । ८५ वर्षीय पिता बिक्रम सम्बत १९९२ मा स्याङ्जामा जन्मिएका थिए ।

पत्रकार महासंघ कतारले एक विज्ञप्ति जारी गर्दै स्वर्गीय पिता प्रति गहिरो समवेदना प्रकट गरेको छ । सचिव दिल कुमार श्रेष्ठद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा शुभचिन्तक्, सहयोगी, समाजसेवी तथा समाजका अभिभावक पिताको दिवङगत आत्मा प्रति श्रध्दाञ्जली व्यक्त गर्दै यस दु:खको घडीमा शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।

स्वर्गिय मियाँका ७५ वर्षीय श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् । वैदेशिक रोजगारका क्रममा विगत २० वर्ष देखि कतारमा रहेका अध्यक्ष मियाँ तेस्रो सन्तान हुन् । पत्रकार मियाँका दाजु आमिर दिन मियाँ पनि व्यवसायका क्रममा कतार मै रहेका छन् । ब्रेन ट्यूमरले ग्रसित बुबालाई लकडाउनका कारण भेट्न जान नपाएकोमा पत्रकार मियाँले दुख व्यक्त गरेका छन् ।

पत्रकार मियाँले फेसबुक मार्फत सम्भव हुनेले बुबाको अन्तिम सस्कारमा सहभागी भैदिन आफन्त एवं छिमेकीलाई आग्रह गर्दै भनेका छन्, “९ दशकमा नजान्नु कैयौं संघर्ष गरे । जिवनको अन्तिम घडीमा, अन्तिम श्वाससम्म छोराहरुको बाटो कुरेर बसे हाम्रा बा ले । हाम्रो बा को अन्तिम संघर्ष अधुरो रह्यो, हामी आउन सकेनौं, हामी फस्यौं परदेशमा बा !’ “अल्विदा बा”

इन्ना लिल्लाही व इन्ना इलैहे राजेऊन ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here