काठमाडौं, शनिबार, २० बैशाख २०७७ । सज्जन महिला साकोसद्वारा सदस्यका ६० परिवारलाई खाधान्न बितरण गरिएको छ । सज्जन महिला साकोसको संचालक समिति , लेखा समिति, ऋण उप समिति, सस्थाका कर्मचारी तथा सस्थाकै सदस्यहरुबाट आफ्ना सदस्यहरु र केही अफ्ट्यारोमा परेका सम्भाबित सदस्यहरु गरी जम्मा ६० परिवारलाई राहत बितरण गरेको छ ।

परिवारलाई खाधान्न बितरण

कोरोना भाइरसको आजको जटिल परिस्थितिमा कोहिपनि भोकै बस्नु हुन्न भनी यो अभियान शुरु गरिएको छ ।

परिवारलाई खाधान्न बितरण

हुँदा खाने र हुने खाने बिचको सहकारीको मुल्य मान्यता र सिद्धान्तलाई सज्जन महिला साकोसको टिमले आत्मसात गर्दै यो अभियान शुरु गरिएको सिमा पुरीले बताउनुभयो । सज्जन महिलाको टिमबाट चौसट्ठी हजार आठ सय रुपैया संकलन भएको र सोही थियो रकमबाट राहत वितरण गरिएको उहाँले बताउनु भयो ।

का म न पा का वडा -६ का वडा अध्यक्ष दिपेन्द्र लामा ,वडा सदस्य जयराम पुडासैनी, सहकारी सदस्य लगायत अन्यको उपस्थितिमा राहत भृकुटी चोकबाट बितरण गरिएको थियो ।

सज्जन महिला साकोस टिम , समाजसेवी धर्म सागर ढकाल, डोजाङ्ग शेर्पा, बुद्धि गम्भीर थापा, ऋषि जमरकट्टेल, गोबिन्द भट्टराई लगायतले उक्त राहत वितरणलाई सहजीकरण गर्नु भएको थियो ।

३० बोरा चामल, ६० लिटर खाने तेल, ६० किलो दाल, ६० पाकेट नुन, ६० पाकेट मस्यौरा, ६० वटा साबन, ३० किलो गाजर राहत स्वरुप बितरण गरिएको थियो ।

परिवारलाई खाधान्न बितरण

कोरोना भाइरसका कारण हामी लकडाउनमा बसेको आज ४० दिन भइसकेको छ । आजको जटिल पारिस्थितिमा अवस्था सामान्य नहुँदासम्मको लागि कोहि सदस्य भोकै बस्न नपर्ने गरी सज्जन महिलाको टिम नै अभियानमा लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here