काठमाण्डौ, सोमबार, १५ बैशाख २०७७ । पर्यटन क्षेत्रको सुधारका लागि नेपाल चेम्बरको सुझाब दिएको छ । कोरान भाइरसले पर्यटन क्षेत्रलाई गंभिर असर पुराएको भन्दै पर्यटनको पुनरुत्थानको लागि नेपाल चेम्बर अफ कर्मशले सरकारलाई सुझाव दिएको हो ।

आज सोमबार चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठको टोलीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई प्रत्यक्ष रुपमा भेटवार्ता गरी सुझाव दिएका हो । आन्तरिक पर्यटन प्रबद्धन गर्न लागि निजामति तथा संगठित संस्थाका कर्मचारीहरु र नागरिकहरुलाई प्रोत्साहन प्याकेज सहित आन्तरिक प्रेरित गर्नुपर्ने, कोरोनाबाट होटल तथा एयलाइन्सहरुलाई वित्तीय प्याकेज मार्फत उद्धार गर्न आवश्यक रहेको ध्यानाकर्षण गराउनु भएको थियो । साथै, कर छुट, एयरपोर्ट चार्ज लगायतमा वित्तिय सुविधा दिनुपर्ने,पर्यटकको प्रबद्धनको लागि थिंक ट्यांकको ब्यवस्था गर्ने लगायत अन्य बिबिध सुझाव दिनु भएको छ ।

त्यसैगरी, मेडिकल, टुरिजम, होम स्टे, एग्रो टुरिजम, कल्चरल टुरिजम लगायतका विद्यागत पर्यटन प्रबद्धनका लागि ठोस कार्यक्रम ल्याउन माग गरेका छन ।

पर्यटकको चाप घटेको समयमा पर्यटन पूर्वाधारमा जोड दिनपर्ने, नेपाल आयल निगम माग्दै आएको नगद धरौटीको सट्टा बैङ्क ग्यारेन्टीको ब्यवस्था गरी नगद धरौटी फिर्ता गर्नु पर्ने माग समेत गर्नु भएको छ ।

चेम्बर अफ कमर्सले चीनमा कोरोनाको प्रकोप कम हुदै गएकोले आउदो सेप्टेम्बर अक्टोबरमा पर्यटकिय सिजन भएकोले चीनको विभिन्न शहरबाट पर्यटक भित्रयाउने सरकारी स्तरबाट पहल गर्नुपर्ने, एयरलाईन्सहरुले चीनको विभिन्न शहरबाट पर्यटक ल्याउन पहल गर्नुपर्ने, हवाईजहाज, बस, कार सहित बास बस्ने स्थान होटल, रिसोर्ट, होमस्टे, रेस्टुरेन्ट तथा विमानस्थलमा डिसइन्फेक्ट गरिनु पर्ने सुझाव दिनुभयो ।

मन्त्री भट्टराईले चेम्बर अफ कमर्शको सुझाव बुझदै सरकारले पर्यटन क्षेत्रको विकासको सरकारले काम गरि रहेको बताउदै कोरानाका कारण सवै भन्दा बढी प्रभाव पर्यटन क्षेत्रमा परेको भन्दै मन्त्री भट्टराईले आउने बजेट र नीति तथा कार्यक्रम पर्यटन सुधारको प्याकेज घोषणा हुने बताउनु भयो । उहाले सरकारले एयरलाईन्स होटल, रेस्टुरेन्ट मर्जको नीति बनाएर लागु गरिने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here