Monday, August 2, 2021
More

    एकै घरका दिदीबहिनी सगरमाथा चुचुरामा

    spot_img
    spot_img

    काठमाडौं, बुधबार, २९ बैशाख २०७८ । दोलखाको गौरीशंकर गाउँपालिका निवासी एकै परिवारका तीन दिदीबहिनीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

    गौरीशंकर गाउँपालिका–९ बेदीङका तीन दिदी–बहिनी निमा जाङ्बु शेर्पा (वर्ष ३०) छिरिङ नाम्गे शेर्पा (वर्ष २६) र दावा फुटी शेर्पा (वर्ष २४) ले आज विहान ७ बजेतिर सगरमाथा चुचुरोमा पाइला टेक्नुभएको हो ।

    सगरमाथा आरोही तीन दिदी–बहिनीले तीन वर्षभित्र सात वटै महादेशका उच्च हिमाल चढेर विश्व रेकर्ड राख्ने उद्देश्य रहेको बताउनु भएको छ ।

    यसैबीच, संचारमन्त्री पार्वत गुरुङले ती दिदीबहिनी आरोहीलाई बधाइ व्यक्त दिनुभएको छ । सोही गाउँपालिका निवासी र दोलखाका प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले बैशाख २ गते मन्त्रालयमा आयोजित कार्यक्रममा तीन दिदीबहिनीलाई राष्ट्रिय झण्डा हस्तन्तारण गर्दै बिदाइ गर्नुभएको थियो । आज सफल आरोहन गरेलगत्तै मन्त्री गुरुङले बधाइ दिनुभएको हो ।

    आजै दोलखा सोही ठाउँका पेम्वा दोर्जे शेर्पाले २१ औं पटक सगरमाथाको आरोहण गर्न सफल हुनुभएको छ । पेम्बा पनि आज बिहान ७ बजे सगरमाथाको चुचुरोमा पुग्नुभएको हो । ड्रिमर्स डिष्टिनेशन ट्रेक एण्ड एक्सपेडिसनका अनुसार पेम्बाले ‘विश्व शान्ति र वातावरण बचाउँ’ भन्ने सन्देशका साथ २१ औं पटक सगरमाथा आरोहन गर्नुभएको हो ।

    spot_img

    लोकप्रिय समाचार

    spot_img

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here

    twenty − 19 =