बिर्तामोड, आइतबार, १८ जेठ २०७७ । पश्चिम रुकुममा जातीय भेद्भावका कारण भएको हत्याको विरुद्धमा पूर्वबाट आन्दोलन उठाउने तयारी भएको छ । त्यसका लागि झापामा सबै राजनीतिक दल संबद्ध दलित संघ संगठन, दलित अधिकारकर्मी, संघ संस्था र विभिन्न सार्वजनिक निकाय एकजुट भएको नेकपाका युवा नेता टिकाराम मंग्रातीले जानकारी दिनुभयो । । उहाँले रुकुममा नवराज विक सहित अन्य ६ जनाको हत्याको विरोध र दोषीमाथि कारवाहीको माग गर्न व्यापाक आन्दोलनको तयारी गरेको बताउनु भयो ।

साथै, शनिवार संबद्ध सरोकारवाला बिच बिर्तामोडमा भएको छलफलले संयुक्त राजनीतिक दलित संघर्ष समिति बनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी झापाका सचिवालय सदस्य एवम् युवा नेता हुकुमसिंह नेपालीको संयोजकत्वमा संघर्ष समिति बनेको छ ।

समितिको सहसंयोजकमा भोला परियार, सुरेश बराइली, दल बहादुर विश्वकर्मा, गोपाल गजमेर, सचिव छविलाल विश्वकर्मा, सदस्यहरुमा वीर बहादुर दर्नाल, रञ्जित परियार, हर्कमाया विक, निरु परियार, निता घतानी, हरि नेपाली, सागर पोर्तेल, लक्ष्मी मोते, तिलक गजमेर, अशोक राम लगायत गरी ३५ सदस्यीय संघर्ष समिति बनाइएको छ ।

सो संघर्ष समितिले आन्दोलनका कार्यक्रम तयार गरीअघि बढ्ने संयोजक हुकुमसिंह नेपालीले जानकारी दिनुभयो । जातीय भेदभावको घटना साझा मुद्दा भएकाले आन्दोलनमा सबैको सहभागिता गराउने उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here