काठमाडौँ, ७ बैशाख २०७७ । नेपाल भलिबल सङ्घले यही वैशाख अन्तिम साता आयोजना गर्ने भनिएको पाँचौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग अनिश्चितकालका लागि स्थगन गरेको छ । कोरोना भाइरसको महामारीका कारण उक्त प्रतियोगिता स्थगन गरिएको हो ।

प्रतियोगिताको नयाँ मिति कोरोना भाइरसको महामारीको अवस्था साम्य भएपछि निर्णय गरिने नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले बताउनु भयो । यसअघि सोही लिग वैशाख २५ देखि जेठ १ गतेसम्म हुने तय गरिएको थियो । “अहिलेको अवस्थामा कुनै पनि प्रतियोगिता गर्न सकिने अवस्था छैन”, “पछि सङ्घको बैठकबाट प्रतियोगिताको छिनोफानो गछौँ ।” महासचिव चन्दले भन्नुभयो ।

पाँचौं आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा उत्कृष्ट भएका आठ पुरुष तथा छ महिला टोलीले पाँचौं एनभीए राष्ट्रिय भलिबल क्लब लिगमा प्रतिस्पर्धा गर्ने तय भएको थियो । “कोरोना भाइरसका कारण सङ्घको खेल तालिका नै परिवर्तन गर्नुपर्ने अवस्था आयो”, उहाले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here