ललितपुर, आइतबार, १४ भाद्र २०७७ । पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुर नवासी २९ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

गत साउन २८ गतेदेखि अस्पतालमा उपचाररत संक्रमित पुरुषको शनिबार राति १० बजे मृत्यु भएको हो । शनिबार दिउँसो ४ बजेसम्म नेपालमा १२ जना संक्रमितको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको थियो ।

पछिल्लो केही दिनयता नेपालमा संक्रमितको मृत्युदर बढ्दै गएको छ । शुक्रबार पनि नेपालमा एकै दिन १२ जना संक्रमितको मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयको शनिबार साँझसम्मको तथ्यांक अनुसार नेपालमा २ सय ७ संक्रमितको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here