February 24, 2024
Uncategorized

पालिकास्तरीय प्रथम शहीद लखन थापा स्मृति तथा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गोरखा, शनिबार, ३० मंसिर २०८० । शहिद लखन थापा गाउँपालिकाको आयोजनामा गाउँपालिकास्तरीय प्रथम शहीद लखन थापा स्मृति तथा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ ।

उक्त प्रतियोगिता गण्डकी प्रदेश सामजिक विकास तथा स्वास्थ्य मन्त्री सुसिला सिम्खडाको प्रमुख आथित्यतामा शहिद लखन गाउँपालिका प्रमुख रमेश बाबु थापा मगरको अध्यक्षतामा गाउँपालिकाको खेल मैदानमा एक कार्यक्रमका बीच प्रतियोगिताको उद्घाटन गरिएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री सिम्खडाले खेल क्षेत्रले नेपाललाई विश्वमा चिनाउन सहयोग पुग्ने बताउनु भयो ।
उहाँले भन्नुभयो । बिद्यार्थीको अनुसाशन नै महत्त्वपूर्ण रहने गर्दछ । खेल क्षेत्रको विकासको लागी सबैको सहकार्य आवश्यक छ ।’

गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा श्री हिमाली माध्यामिक विद्यालयको सह–आयोजनामा आजदेखी प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिता गाउँपालिकाको खेल मैदान पिपल छापमा मङ्सिर ३० गतेदेखि पौष २ गतेसम्म हुनेछ । 

प्रतियोगितामा १८ वर्ष मुनिका पालिका भित्रका माध्यामिक विद्यालयबाट करिब २७० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने प्रमुख राजेन्द्र खनालले बताउनु भयो ।

पालिका अध्यक्ष रमेश बाबू थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी र प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *