शिक्षा

पालुङटारमा विश्व आत्महत्या रोकथाम दिवसमा बक्क्तृत्वकला प्रतियोगिता

गोरखा, शनिबार, २५ भाद्र २०७९ । गोररखाको पालुङटार नगरपालिकाले विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आज नगरपालिका स्तरिय बक्क्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

नगरपालिकाको आयोजना र इलाका प्रहरी कार्यालय, ठाँटीपोखरी तथा कोशिस नेपालको समन्वयमा ‘आत्महत्या रोकथाममा बिद्यार्थीको भुमिका बिषयमा’ भएको प्रतियोगितामा अमर ज्योती माध्यमिक बिधालयका विवेचना देवकोटा प्रथम भएका छन् ।

त्यस्तै युनाईटेड बोर्डिङ स्कुलकी सैन्दर्या घिमिरे द्धितिय र ठाँटीपोखरी बाल ज्योती बोर्डिङ स्कुलकी रोमिशा रानाभाट तृतिया हुनु भएको नगर प्रमुखका स्वकिय सचिव अशोक मराठ्ठाले जानकारी दिनुभयो । यसैगरी धर्मोदय माध्यमिक बिधालयका अनिश तामाङ सान्तवना हुनु भएको छ ।

प्रतियोगितका बिजयी बिधार्थीहरुलाई नगर उप प्रमुख बन्दना पाण्डे र प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले संयुक्त रुपमा पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो । प्रतियोगितामा ८ बिद्यालयका प्रतिस्पर्धी विद्यार्थी रहेका गाँउपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.