पोखरा, सोमबार, १९ जेठ २०७७ । कोरोनाको पीसीआर परिक्षण नेगेटिभ आएपछि डिस्चार्ज भएका एक व्यक्तिको घर जाँदै गर्दा बाटोमा निधन भएको छ ।

स्याङ्जाको फेदिखोला गाउँपालिकाका ५१ वर्षीय खड्कबहादुर कार्की जेठ १३ गते वनारसबाट आउनु भएको थियो । वनारसबाट फर्केपछि गाउँपालिकाको क्वारेन्टाइनमा बसेका उहाँको १६ गते स्वाब संकलन गरिएको थियो । १८ गते उनको पीसीआर नतिजा नेगेटिभ आएको थियो ।

पीसीआर नेगेटिभ आएपछि क्वारेन्टाइनबाट डिस्चार्ज भए । डिस्चार्जपछि घर जाने क्रममै उहाँ बाटोमा ढले । उहाँलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएको थियो । अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारायण आचार्यले जानकारी दिनुभयो ।

आइतबार साँझ उहाँको अस्पतालमा मृत्यु भएपछि थप परीक्षणका लागि स्वाब पुनः संकलन गरिएको छ । दोस्रो पीसीआरको नतिजा आजै आउने जनाइएको छ ।

मृतक कार्कीले उच्च रक्तचाप र मुटुको औषधि पनि सेवन गरिरहेको उहाँका भाइलाई उद्धृत गर्दै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खिलाप्रसाद पौडेलले जानकारी दिनुभयो । मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here