काठमाडौं, बिहिबार, २२ साउन २०७७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले तत्कालै पूर्ण लकडाउन गर्ने सोच नभएको बताउनुभएको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनि गर्न मन्त्रालयमा अयोजित्र पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासाको सो कुरा बताउनु भएको हो ।

जहाँ संक्रमण बढी हुन्छ त्यहाँ सेवाहरु रोक्दै जानु पर्छ र जहाँ संक्रमण कम छ त्यहाँ खुकुलो हुन्छ । उहाँले अहिले स्थानीय तह वा जिल्ला प्रशासनहरुलाई अबस्था हेरेर स्थानीय स्तरमा लकडाउन गर्न सक्ने व्यबस्था भएकाले अहिले नै त्रसित भएर पूर्ण देशव्यापी लकडाउनमा जानु पर्ने अबस्था नभएको पनि बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here