Saturday, January 16, 2021
More

    पृथ्वी जयन्तीका अवसरमा गोरखाको पाँच स्थानीय तहमा सार्वजनिक बिदा

    गोरखा, आइतबार, २६ पुस २०७७ । पृथ्वीजयन्तीको अवसरमा गोरखाका स्थानीय तहमा सार्वजनिक विदा हुने भएको छ । राष्ट्रिय एकता दिवस तथा २९९ औं पृथ्वी जयन्तीका अवसरमा गोरखाको पाँच स्थानीय तहमा सार्वजनिक बिदा हुने भएकाे हाे ।

    पाँच स्थानीय तहले आज बिग्यप्ति जारी गर्दै पृथ्वीजयन्ती दिन गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका र भिमसेन थापा गाउँपालिकामा सार्वजनिक विदा दिने निर्णय गरेका छन ।

    सोमबार सार्वजनिक विदा दिइएका नगरपालिका तथा गाउँपालिकामा पालिकास्तरका कार्यालयहरुको सेवा बन्द गरी बिभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरिएको छ ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here