धादिङ, सोमबार, ५ साउन २०७७ । लगातारको बर्षाको कारण आएको बाढिले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मौवाखोला पुल बगाएको छ । सडक भासिएपछि दुवैतर्फको यातायात आवागमन ठप्प भएको सोही वडाका वडाध्यक्ष अम्बरबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार तीनवटा घरसमेत बगाएको छ । वडाध्यक्ष गुरुङ, नवराज मगर, आशबहादुर गुरुङको घर बगाएको हो ।

उता वागमती प्रदेशका एसएसपी सुदीप गिरीकाअनुसार बिहानैदेखि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पृथ्वी राजमार्ग भएर काठमाडौंबाट बाहिरिने र भित्रने दुवैतर्फको यातायात ठप्प भएको छ । दर्जनौं ठाउँमा पहिरो र बाढीले सडक भत्किएको छ ।

राजमार्गको पुल बगेपछि सवारी साधन अवात जवात नहुदा पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द भएको छ । यो पुल भत्किएपछि पृथ्वीराजमार्ग हुँदै काठमाडौंसम्म हुने आवातजावत ठप्प भएको छ ।

पुल नै बगेपछि सयौँ गाडी राजमार्गमै रोकिएका छन् । धादिङका कैयौँ ठाउँमा पहिरो जाँदा बिहानैदेखि राजमार्ग बन्द रहेको छ । हिजो देखीको बर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा सडकहरु अवरुद्ध भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here