काठमाडौं, आइतबार, १८ साउन २०७७ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य २–२ रुपैयाँले बढाएको छ ।

प्रवक्ता विनित मणि उपाध्यायका अनुसार शनिबार रातिदेखि लागु हुने गरी मूल्य वृद्धि भएको हो । हाल कच्चा तेलको मूल्य, डलरको विनियम दर तथा इन्डियन आयल कर्पोरेशनबाट प्राप्त गरिद मूल्यमा समेत वृद्धि भएकाले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको उनले जनाएका छन् ।

काठमाडौंको लागि अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ४ रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य ९० रुपैयाँ काम गरिएको छ । हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here