पोखरा, बुधबार, ७ जेठ २०७७ । रक्तदान जिवनदान , जिवनदान महादान भन्ने मुल नाराका साथ पोखरा महा नगरपालिका वडा नम्बर २ मा रहेको भिमसेन टोल ल्हाम्ह पुच: द्वारा बुधबार आयोजित आकस्मिक रक्तदानमा ५३ युनिट रगत संकलन भएको छ ।

पोखरामा रगतको अभाव देखिएपछि नेपाल रेडक्रस सोसाइटी , कास्की क्षेत्रीय रक्त सञ्चार सेवा रामघाट्को प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी वडा २ र ३ उपशाखाका सभापति खगेन्द्र राज पराजुलीले बताउनुभयो ।

प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर २ का अध्यक्ष रामेश्वर मल्लले कार्यक्रमका संयोजक मन्नी बजिमयलाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरेको कार्यक्रममा उहाँले अहिले कोरोनाले निम्त्याएको विषम परिस्थितिमा पनि आकस्मिक रक्तदान आयोजना गरि मानवीय सेवा गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो

कार्यक्रममा अतिथि वडा सदस्य तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा २ का पुर्व उपसभापति गौतम विजुक्छे , वडा प्रहरी , स्थानिय युवा र सहयोगीहरुको सहभागिता रहेकोे थियो ।

प्राविधिक सहयोगका लागि आयोजकले नेपाल रेडक्रस सोसाइटी , कास्की क्षेत्रीय रक्त सञ्चार सेवा रामघाट्का प्रमुख अर्जुन ज्ञवालीलाई प्रसंशा पत्र प्रदान गरिएको थियो । कार्यक्रम सम्पन्न गर्न विभिन्न दाताहरूले सहयोग रहेकोे जनाइएको छ ।

भिमसेन टोल ल्हाम्ह पुच: का अध्यक्ष रोनित बाटाजूको अध्यक्षतामा भएको कार्यक्रममा बाटाजूले प्रमुख अतिथि , अतिथि, नेपाल रेडक्रस सोसाइटी, कास्की क्षेत्रीय रक्त सञ्चार सेवा रामघाट, सम्पुर्ण रक्तदाताहरु, सहभागीहरुलाई धन्यवाद दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here