काठमाडौ, बिहिबार, १ असोज २०७७ । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६३ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । सन् २०२१ जुलाईमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु भए पनि कोरोनाका कारण केही ढिलाइ हुने भएको छ । विमानस्थलको रन वे, एप्रोन, ट्याक्सी वे, पाइपलाइन, ट्रान्सफर्मर, केबुल र लाइटिङकालगायतका काम सम्पन्न भएका छन् ।

माटो कटान र फिलिङ गर्ने काम ९८ प्रतिशत सकिएको छ भने गाडी गुड्ने रोड, एक्सेसस रोड र टर्मिनल बिल्डिङको काम पनि अन्तिम चरणमा पुगेको छ ।

कार पार्किङको काम पनि सकिएको र बिल्डिङतर्फ १४ वटा बिल्डिङको स्ट्रक्चर सकेर फिनिसिङको काम सकिइसकेको विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीले जानकारी दिनुभयो ।

निर्धारित समयभन्दा ६ महिनाअघि नै काम सम्पन्न गर्ने लक्ष्य भए पनि कोरोना लकडाउनले चिनियाँ कामदार उतै रोकिएकोले धेरै समय काम प्रभावित भएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here