February 24, 2024
अर्थ व्यवसाय

पौष ५ गतेदेखि बुटवलमा लुम्बिनी एक्स्पो आयोजना

रुपन्देही, बुधबार, ४ पौष २०८० । बुटबलमा रुपन्देही व्यापार संघको आयोजानमा यहि पुस ५ गते देखि १८ गते सम्म लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ ।

मेलाको तयारीको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मुल आयोजक समितिका संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले मेलामा ६ सय बढि स्टल रहने जानकारी दिनु भयो ।

२०८० पौष ५ देखि १८ गतेसम्म निमार्णाधिन अन्तराष्ट्रिय प्रदर्शनी केन्द्र बुटवल मण्डपमा लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गर्न गैरहेको जानकारी दिदै अध्यक्ष घिमिरेले मेलाका लागि ६०० स्टल सहभागी भएको जानकारी दिनुभयो ।

कृषिको ब्यवसायीकरण तथा आधुनिकरण, स्थानिय साना तथा घरेलु ब्यवसायी तथा महिला उद्यमीलाई प्रेरित गर्ने, सूचना तथा संचार, शैक्षिक, सेवा मूलक, वैकल्पिक उर्जा, स्वदेशी उत्पादनका व्यवसायलाई महत्वपूर्ण ढंगले समावेश गरिएको जानकारी दिनुभयो ।

सहभागीहरुको विवरण
होटल तथा रेष्टुरेन्ट – २३ उनी, गार्मेन्ट तथा तयारी पोशाक – १४१अन्तराष्ट्रिय स्टल – १० कृषि – ४३ब्याग/जुत्ता चप्पल– ६८राष्ट्रिय तथा बहुर्राष्ट्रिय कम्पनी – ७८श्रृंगार, उपहार तथा खेलौना – ५२फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिक सामान – ५३बैंक/वित्तिय संस्था एवं शैक्षिक संस्था– १८अटोमोवाइल्स, लुब्रिकेशन, टायर तथा पार्टस – ६आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स – १६आइसक्रिम तथा वेकरीज – १८पुस्तक, किप, स्टेशनरी तथा स्पोर्टस – ८औषधि जन्य पदार्थ तथा कृषि उत्पादन – ६६यो मेलामा मा कृषि, महिला उद्यमी एंव सामाजिक संघसंस्थाहरुलाई निशुल्क रुपमा केही स्टल उपलब्ध गराइएको गराइएको छ ।

एक्स्पोको उद्घाटनको पुर्व सन्ध्यामा मेला स्थल बुटवलमण्डपबाट बिभिन्न जात जाति, धर्म, समूदायको लोक संस्कृति झल्किने खालका झाँकी सहित जनचेतनामूलक -यालीको आयोजना गर्ने छ ।

-यालीले बुटवल बजार परिक्रमा गर्ने छ । जन चेतना -यालीमा सहभागि उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यक्रम समेत रहेको छ ।एक्स्पोमा सहभागी हुन आउने दर्शकहरुलाई आकर्षण र मनोरञ्जन प्रदान गर्न हामीले सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ ।

कार्यक्रममा चर्चित राष्ट्रिय, स्थानीय कलाकारहरुको प्रस्तुती हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *