सीमा पुरी

नगर भो यो बेला कोही मेरा निजी रहरका कुराहरु

यतिबेला म यतैकतै आफ्नै तालमा हराईरहेको छु

 नगर भो कोही मसंग आज सुन्दर शहरका कुराहरु

 यतिबेला म भोक, प्यास र भोजनको खोजमा छु ।

नगर भो यो बेला मेरो देशको सरकारको कुरा

म दालभात खान पाउनुपर्छ भन्दै कराएको छु

न सुनाउ राहतको धुकुटिमा भएको घनको कुरा

म त  भोको पेट र असक्त देख्दा डराएको छु ।

नगर भो यस्तो बेला कसैले कामभन्दा धेरै कुराहरु

यतिखेर म मुठी, मानो र साथ खोज्दै हिडिरहेको छु

नगर दालभातको निहुमा कतै आँसु झर्ने कुराहरु

यतिखेर म आँसु न झरोस कतै भनि खटिरहेको छु ।

नगर भो यो बेला बसेर हिसाब-किताबका कुराहरु

म त मौन भै आफ्नै बाटोमा कर्म गर्दै हिडिरहेकि छु

न चलाउ भो कतै कोहि , नमिठो बचनका छुराहरु

 यतिखेर म  त सबैसंग मिलेर सेवा गरिरहेकि छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here