गोरखा, शुक्रबार, २३ साउन २०७७ । गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको धार्चे गाउँपालिका आदिवासी जनजातिहरुको थाकथलो हो । प्रकृति पुजन वोन धर्मालम्वीहरुको बाहुल्यता रहेको यो गाउँपालिकाको नामाकरण स्थानीय भाषाको धर्ज र गाङ शब्द मिलेर बनेको छ । धर्ज भन्नाले ध्वजा, गाङ भन्नाले डाँडा हो ।

धर्ज र गाङ अर्थात ध्वजा गाड्ने डाँडासंग यहाँको प्रकृति पुजन पराम्परा र जन विश्वास जोडिएको छ । आफ्नो कार्य सिद्धिको कामना वा गाउँबाट बाहिर जानुपर्दा प्रस्थान गर्ने बेलामा यात्रा सफलता वा रक्षाको लागि खोलानाला डाँडाहरुमा पुजा गर्दै ध्वजा गाड्ने प्रचलनले आदिबासी जनजातीहरु प्रकृतिको पुजारी हो भन्ने प्रमाणित गराउँछ । त्यसैले, “प्रकृति र सँस्कृतिको खुल्ला संग्रहालय धार्चे” भन्ने पर्यटन ब्राण्ड तयार गरी “पर्यटकका लागि म, मेरा लागि पर्यटन” सम्भावना र समृद्धिको नयाँ गाउँपालिका धार्चे स्थापना भएको छ ।

धार्चेको रमणीय ठाउमा छायांकन गरिएको उक्त भिडियो यसै कुरालाई आत्मसाथ गर्दै “प्रकृति र सँस्कृतिको खुल्ला संग्रहालय धार्चे गाउँपालिका” आइतराम गुरुङको प्रस्तुतिमा “भिरकुनाको चिनारी” गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ ।

उक्त गीतमा मिलन आमात्यको सुमधुर आवाज रहेको छ । शब्द आइतराम गुरुङ र संगीत तेजेन्द्र गुरुङको रहेको छ ।

“भिरकुना चिनारी” गीतको म्युजिक भिडियोमा लक्ष्मी गुरुङ, सुस्मिता गुरुङ, लिलादेवी गुरुङ, जेनिशा गुरुङ, साधना गुरुङ, एन्जिला गुरुङ, शुशिला गुरुङ र डिल कुमारी गुरुङको अभिनय रहेको छ ।

खेम थापा मगरको छायांकन, मेक बहादुर थापाको सम्पादन, दिप गुरुङको निर्देशनले गर्नु भएको छ ।

भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here