Friday, February 26, 2021
More

    प्रचण्ड-नेपाल पक्षद्वारा विशाल विरोध प्रदर्शन गर्दै

    काठमाडौँ, बिहिबार, ८ माघ २०७७ । नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले माघ ९ गतेका लागि तय गरेको विशाल विरोध प्रदर्शनका लागि आन्तरिक निर्देशिका तयार गरेको छ ।

    केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठद्वारा जारी निर्देशिकाअनुसार प्रदेश, जिल्ला, जबस मोर्चा संगठनहरुले विरोध प्रदर्शन एवम् सभामा सहभागिता गराउने भनी जानकारी दिएको संख्यामा नघटाउने गरी अनिवार्य उपस्थिति गराउनुपर्नेछ । प्रदर्शनको दिन पौने ११ बजेसम्म तोकिएको स्थानमा भेला भइसक्नुपर्नेछ ।

    आन्दोलनमा सहभागी हुनेहरूलाई काठमाडौं उपत्यकामा १० वटा स्थानलाई मुख्य आर्कका रुपमा तोकिएको छ । जसअनुसार माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्टिबाटिका, त्रिचन्द्र कलेज, बाल्मिकी कलेज क्षेत्रबाट जुलुस निकालिने छ ।

    सबैतिरका जुलुस रत्नपार्कमा जम्मा भएर मुल जुलुसमा परिणत हुनेछ । उक्त जुलुस रत्नपार्क, बागबजार, पुतलिसडक, प्रदर्शनीमार्ग, भद्रकाली, शहिदगेट, भोटाहिटी, रत्नपार्क, विद्युतप्राधिकरण हुँदै सभामा परिणत हुनेछ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर असंवैधानिक कदम चालेपछि प्रचण्ड-माधव पक्ष आन्दोलित छ ।

    निर्देशिका :

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here