काठमाडौँ, मंगलबार, २७ माघ २०७७ । सर्वोच्च अदालतमा जारी रहँदै आएको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ आज मंगलबार नहुने भएको छ ।
पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधन भएका कारण शोकमा मङ्गलवार एक दिन सुनुवाइ नगरिने सोमबारको इजलासमा प्रधानन्यायाधीश चेलेन्द्रशमशेर राणाले जानकारी दिनुभयो । प्रधानन्यायाधीश राणाले बुधवार वाट पुनः इजलासमा बहस जारी रहने जानकारी गराउनु भएको छ ।
पूर्व न्यायाधीश पाण्डेको सोमबार बिहान वानेश्वर स्थित निजी निवासमा ९० वर्षको उमेरमा निधन भएको थियो । उहाँ लामो समयदेखि नशा सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको सोमबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।